सुर्खेत । सरकारले बनाउने नीति कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तीहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिइएको छ ।
यसैगरी यूएन वमन तथा यूएनपिआरपिडीको आर्थिक सहयोग, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ–नेपाल (निडवान) को मुख्य नेतृत्व, अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्र, सुर्खेतको साझेदारीता तथा विरेन्द्रनगर नगरपालिका, सुर्खेतको समन्वयमा सञ्चालित ‘नेपालमा सुशासन तथा विकास प्रक्रियामा अपाङ्गता अधिकार र समावेशीता प्रवर्द्दन गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरुको संघसंस्थाहरुलाई क्षमता विकासमा सहयोग’ परियोजना अन्तरगत वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्रले आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अपाङ्गता र लैङ्गिक उत्तरदायी वजेट तथा कार्यक्रम तर्जुमाका लागि क्षमता विकास तालिममा सहभागी सरोकारवालाहरुले यस्तो जोड दिएका छन् ।
उनिहरुले तिनै तहका सरकारले बनाउने नीति कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तीहरु भनेअनुसार समेटिन नसकेको भन्दै आगामी योजनामा अर्थपूर्ण सहभागिता गराइनुपर्नेमा जोड दिएका हुन् ।
तालिमको मुख्य प्रशिक्षकको रुपमा रहनुभएका कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्तीहरुको अर्थपूर्ण सहभागिता आवश्यक रहेको भन्दै त्यसकै लागि यो तालिम आयोजना गरिएको बताउनुभयो ।
उहाले अहिले हरेक पालिकामा अपाङ्गता समन्वय समिति रहेको भन्दै उक्त समिति मार्फत अपाङ्गता भएका व्यक्तीहरुका समस्या समाधानको काम भइरहेकाले पनि समन्वय समितिलाई लैङ्गिक उत्तरदायी सम्बन्धि क्षमता विकास गर्नु आवश्यक रहेको औल्याउनुभयो ।
यस्तै, वीरेन्द्रनगर अपाङ्गता समन्वय समितिका पदाधिकारीहरुले अपाङ्गता भएका व्यक्तीहरुका विभिन्न समस्या रहेको भन्दै यसको समाधान नीति निर्माण तहबाट नै गर्नुपर्नेमा जोड दिएका छन् ।
समन्वय समितिका सदस्य तुलसी बुढाले सबैभन्दा ठुलो समस्या परिचय पत्र वितरणमा देखिएको भन्दै कार्यविधि नै संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
समन्वय समितिमा दोभाषेहरुको समेत अभाव हुँदा बहिरा व्यक्तीहरुको लागि अझै समस्या रहेको भन्दै यी समस्याहरुको समाधानको लागि समन्वय समिति नै अब्बल हुनुपर्नेमा जोड दिनुभयो ।
यता, वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनालले स्थानीय सरकारको नीति कार्यक्रम र वजेट बनाउदा अपाङ्गता भएका व्यक्तीहरुको अझै अर्थपूर्ण सहभागिता गराई समावेशी वजेट निर्माण गरिने प्रतिवद्धता जनाउनुभयो ।
उहाले कानुन अभावमा यी समस्याहरु नदेखिएको भन्दै बनेका कानुनहरु कार्यान्वयन नहुँदा समस्या देखिएको बताउनुभयो ।
यस्तै, प्रदेशसभा सदस्य एवम कर्णाली प्रदेश सामाजिक विकास समितिका सभापती घनश्याम भण्डारीले आफुसँग भएका क्षमताको प्रयोग गर्न लाग्नुपर्नेमा जोड दिँदै सरकारले ल्याउने नीति कार्यक्रम र वजेटलाई समावेशी बनाउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाले अहिले पनि वजेट कार्यान्वयनमा ठुलो समस्या देखिएको भन्दै यसले गर्दा पनि परिणाम कुनै क्षेत्रमा देखि नसकेको उल्लेख गर्नुभयो ।
अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्रका अध्यक्ष विष्णु भट्टराइले पनि सबै समुदाय र वर्गको समान सहभागिताको लागि लाग्नुपर्नेमा जोड दिँदै अपाङ्गता समन्वय समितिलाई अब्बल बनाउँदै लैजानेगरी तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।
तालिममा वीरेन्द्रनगर अपाङ्गता समन्वय समिति पदाधीकारीसहित जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारीहरुको सहभागिता रहेको छ । तालिम भोलीसम्म संचालन हुने छ ।
नीति कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तीहरुको अर्थपूर्ण सहभागितामा जोड
नीति कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तीहरुको अर्थपूर्ण सहभागितामा जोड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
