सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउन सबै राजनीतिक दलहरू एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
आजदेखि सुर्खेत वीरेन्द्रनगरमा शुरु भएको ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाले कर्णालीलाई समृद्ध बनाउन सबै राजनितिक दलहरु एक ठाउँमा आउनुपर्नेमा जोड दिनुभएको हो ।
१० औँ राष्ट्रिय खेलकुद सम्पन्न गराउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै खड्काले पूर्वाधार निर्माणमा बजेट कुनै अभाव नहुने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै, नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता, एवं पूर्वमन्त्री यामलाल कँडेलले खेल पूर्वाधारको हिसाबले कर्णाली निकै कमजोर रहेकाले यसलाई बदल्न आवाश्यक रहेको औँल्याउनुभएको छ ।
सरकार तीन तहका भएपनि खोज्दै जाँदा कतै नभेटिने भएकाले यो सरकार कहाँ जाने हो त्यो विषयमा हेक्का राख्नुपर्ने अवस्था आएको बताउनुभयो ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गराउनको लागि कर्णालीलाई प्रतिष्ठाको विषय भएको उहाँको भनाई छ ।
यस्तै, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले खेल पूर्वाधारका लागि केन्द्र सरकारसँग आर्थिक सहयोग माग गरिएको बताउनुभएको छ ।
प्रदेश सरकार एक्लैले सबै संरचना बनाउन नसक्ने भएकाले केन्द्र सरकारले पनि सहयोग गर्नुपर्ने उहाको भनाइ छ।
१० औं राष्ट्रिय खेलकुदका लागि निर्माणाधीन रंगशाला बाहेक अन्य ठाउँहरुमा पनि संरचना बनाउन लागि पहल भइरहेको बताउनुभयो । त्यसका लागि संघीय सरकारसँग सहयोग माग गरिएको उहाले बताउनुभयो ।
३४ औं राष्ट्रिय भलिबल प्रतियोगिता आजदेखि शुरु
३४ औं राष्ट्रिय भलिबल प्रतियोगिता आजदेखि शुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
