सुर्खेत । तीन विभागिय टोली र गन्डकी प्रदेशले वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन।
प्रतियोगिताको तेस्रो दिन आज भएको खेलमा समूह बीमा रहेको त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिम प्रदेशलाई तीन एको सेटमा हराएको हो।
पहिलो सेट आर्मीले २५–१५ जितेको आर्मीले दोस्रो सेट २१–२५ गुमाएपनि तेस्रो २५–१४ र चौथो सेट २५–१८ जित्दै उँदै लगातार दोस्रो जित दर्ता गरेको छ।
यस्तै साविक विजेता एपिएफले लुम्बिनी प्रदेशलाई ३(१ को सेटमा हराएको हो।
समूह एमा रहेको एपिएफले पहिलो सेट २५–२२ ले जितेपनि कडा चुनौती दिएको लुम्बिनीले दोस्रो सेट भने २५–२३ ले आफ्नो पक्षमा पार्यो।
लयमा फर्किएको एपिएफले तेस्रो सेट २५–२२ र चौथो सेट २५–१५ जित्दै आफ्नो खातामा तीन अंक थप्न सफल भयो।
यसैगरी समूह ए मै रहेको पुलिसले बागमति प्रदेशलाई २५–१०, २५–१३ र २५–१७ को सोझो सेटमा हराउँदै विजयी यात्रा जारी राखेको छ।
समूह बीमा रहेको गन्डकीले मधेश प्रदेशलाई पनि तीन शून्यको सोझो सेटमै हराएको छ। गण्डकीले मधेश प्रदेशलाई २५–११, २५–१९,२५–१३ सोझो सेटमा हराएको हो।
समान दुई खेल खेलेका आर्मी, एपिएफ, पुलिस र गन्डकी शतप्रतिशत नतिजा सहित ६ अंक जोड्न सफल भएका छन ।
तीन खेल खेलेका लुम्बिनी र मधेशको समान दुई अंक छ भने तीन खेलमा पराजित भएपछि सुदुरपश्चिम र बागमति सेमीफार्इनल होडबाट बाहिरिएका छन ।
यसैगरी प्रतियोगितको चौथो दिन भोलीपनि चार वटा खेल हुनेछन ।भोली बिहान साढ आठ बजे हुने पहिलो खेलमा समूह एमा रहेका कोशी र लुम्बिनी प्रदेश भिड्ने छन।
यसैगरी साढे दशबजे हुने दोस्रो खेलमा घरेलु टोली कर्णालीले र सुदुरपश्चिम प्रदेशसंग प्रतिस्पर्धा गर्नेछ।
दुई खेलमा एक जित र हार व्यहोरेको कर्णाली दोस्रो दर्ता गर्ने योजनामा छ भने लगातार दुई खेल गुमाएको सुदुरपश्चिम पहिलो जितको खोजीमा छ । साढे १२ बजे हुने भोलीको तेस्रो खेलमा भने दुई विभागिय टोलीको भिडन्त हुनेछ।
तेस्रो खेलमा साविक विजेता एपिएफ र पुलिस तथा चौथो खेलमा आर्मी र गन्डकी प्रदेश आमने सामने हुनेछन।
प्रतियोगितामा यी चार टोलीलार्इ सेमीफार्इनल पुग्ने टोलीका रुपमा हेरिएको छ।
तीन विभागिय टोलीमा राष्ट्रिय टोलीका खेलाडीहरु रहेका छन भने गन्डकीले विभागिय टोलीलार्इ निरन्तर चुनौंति दिदै आएको छ।
३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताः सुदुरपश्चिम र वागमती प्रतियोगिताबाट बाहिरिए
३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताः सुदुरपश्चिम र वागमती प्रतियोगिताबाट बाहिरिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
