सुर्खेत । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि कर्णालीबाट ६ जनाले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार आज कर्णालीबाट ६ जनाले मनोनयन दर्ता गरेका हुन् ।
सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले ३ सिटमा १÷१ सिट लिने गरी भागवण्डा मिलएका थिए । जसअनुसार कांग्रेसबाट अन्यतर्फ रुकुमका कृष्णबहादुर रोकाया, एकिकृत समाजवादीबाट महिलाततर्फ दैलेखका सावित्री मल्ल, माओवादी (केन्द्रबाट) बाट दलिततर्फ कालीकोटका बिष्णु विकले मनोनयन दर्ता गराउनुभएको छ ।
यसैबिच, नेकपा (एमाले) ले पनि उम्मेदवारको मनोनयन दर्ता गराएको छ । एमालेबाट राष्ट्रियसभा सदस्यका लागि महिला कलष्टर तर्फ हुम्लाका विमलाकुमारी शाही, दलित कलष्टरमा दैलेखका हिक्मत विक र अन्य कलष्टरमा मुगुका डिल्लीप्रसाद भट्टले मनोनयन दर्ता गराउनुभएको हो ।
सत्ता गठबन्धन मिलेर निर्वाचनमा जान लागेकाले कर्णालीमा यसपटक एमाले शून्य हुने लगभग पक्का जस्तै देखिएको छ ।
कांग्रेससँग प्रदेश र स्थानीय तहको निर्वाचनको कुल मतभार १ हजार ९ सय ७६ छ । स्थानीय तहका प्रमुख÷अध्यक्ष ६ सय ८ र उप–प्रमुख÷उपाध्यक्षबाट ५ सय ३२ र प्रदेशसभामा ७ सय ९५ मतभार रहेको छ ।
यस्तै, माओवादी केन्द्रसँग स्थानीय तहको प्रमुख÷अध्यक्ष गरी ४ सय ३७ र उप–प्रमुख÷उपाध्यक्षको ४ सय ७५ र प्रदेशसभा सदस्य ६ सय ८९ गरी जम्मा १ हजार ६ सय १ मतभार छ ।
एमालेसँग स्थानीय तहका प्रमुख÷अध्यक्ष गरी २ सय ८५, उप–प्रमुख÷उपाध्यक्षबाट ३ सय ८० र प्रदेशसभामा ५ सय ३० गरी कुल १ हजार १ सय ९५ मतभार छ ।
यस्तै, एकीकृत समाजवादीसँग स्थानीय तहका प्रमुख÷अध्यक्ष गरी ७६ र उप–प्रमुख÷उपाध्यक्ष गरी १ सय १४ र प्रदेशसभामा ५३ गरी जम्मा २ सय ४३ मतभार छ ।
स्थानीय तहका प्रमुखमा निर्वाचित भएका ५ जनाको मतभार ९५ रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभामा ५३ मतभार छ ।
राष्ट्रियसभाको लागि कर्णालीबाट ६ जनाको मनोनयन दर्ता
राष्ट्रियसभाको लागि कर्णालीबाट ६ जनाको मनोनयन दर्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
