काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षिय युवा गेब्रियल अटल (एल) लाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । योसँगै अटल फ्रान्सको इतिहासमै सबैभन्दा युवा प्रधानमन्त्री बन्नुभएको छ ।
बीबीसीका अनुसार अटलले जुनमा हुने युरोपेली संसदीय निर्वाचनमा सरकारको नेतृत्व गर्नेछन् । उहासमलैंगिक हुनुहुन्छ । यसअघि सन् १९८४ मा लरेन्ट फाबियस ३७ वर्षको उमेरमा फ्रान्सको प्रधानमन्त्री बन्नुभएको थियो ।
यसअघि २० महिने कार्यकाल सकेसँगै एलिजाबेथ बोर्नले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो । उहाले संसदमा बहुमत जुटाउनको लागि आफ्नो कार्यकालभरी संघर्ष गर्नुपरेको थियो ।
उहा मुस्लिम महिला र केटीहरूले लगाउने पहिरनलाई फ्रान्सका विद्यालयहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै चर्चा र विवादमा तानिनुभएको थियो ।
यसअघि मात्र ३४ वर्षको उमेरमा फ्रान्सको आधुनिक इतिहासमा सबैभन्दा कान्छो शिक्षामन्त्री बन्नुभएको थियो । उहाले फ्रान्सको शिक्षा प्रणालीमा आफ्नो छाप छोड्ने प्रयास गर्नुभयो ।
म्याक्रोनले ३४ वर्षीय युवा अटललाई बनाए फ्रान्सको प्रधानमन्त्री
म्याक्रोनले ३४ वर्षीय युवा अटललाई बनाए फ्रान्सको प्रधानमन्त्री
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु