सुर्खेत । सुर्खेतको वीरेन्द्रनगमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा आजदेखि सेमीफाइनलका खेलहरु हुँदै छन् ।
आज बिहान साढे १० बजे हुने पहिलो सेमीफाइनलमा समूह एको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लव र गण्डकी प्रदेश भिड्ने भएका हुन् ।
साविक विजेता समेत रहेको एपिएफ समूहका सबै चार खेलमा शत प्रतिशत नतिजासहित १२ अंक जोड्दै समूह विजेता बनेको हो ।
गण्डकी भने समूह चरणमा तीन खेल जित्दा विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको हो ।
भलिबलमा गण्डकी निरन्तर रुपमा विभागिय टीमलाई चुनौति दिँदै आएको छ । यसैगरी आजै दिउँसो एक बजे हुने दोस्रो सेमीफाइनलमा समूह एको विजेता आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
आर्मी समूहका सबै चार खेलमा जित दर्ता गर्दै अपराजित रहेर सेमीफाइनल पुगेको हो ।
पुलिस भने समूह चरणमा अर्को विभागिय टोली एपिएफसंग पराजित भएपछि उपविजेताका रुपम ९ अंक सहित अन्तिम चारमा छ ।
साविक विजेता सशस्त्र प्रहरीको एपिएफ क्लब प्रतियोगितामा समूह एको विजेता बन्दै सेमीफानल पुगेको हो ।
समूह चरणको आफ्नो अन्तिम खेलमा बागमती प्रदेशलाई तीन शून्यको सोझो सेटमा हराउँदै एपिएफ अपराजित रहेर अन्तिम चारमा पुगेको हो ।
एक पक्षिय खेलमा एपीएफले वागमतिलाई २५–७,२५–१८ र २५–१३ ले सहजै पराजित गरेको हो । लगातार चार सहित एपिएफले १२ अक जोड्दा वागमतिले भने जितको स्वाद चाख्न पाएन ।
यसैगरी यहि समूहको अर्को खेलमा नेपाल पुलिसले कोशी प्रदेशलाई ३–शून्यकै को सोझो सेटमा पराजित गरेको छ ।
पुलिसले कोशीलाई २५–१५,२५–१९ ले हराउँदै सेमीफाईनलमा आर्मीसंगको भिडन्त पक्का गरेको हो ।
समूह बीको विजेता बन्ने क्रममा आर्मी मधेस प्रदेशलाई ३–शून्यकै सोझो सेटमा हराएको छ ।
पहिलो सेट २५–२० ले जितेको आर्मीले दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१४ ले जित्दै अपराजित यात्रा जारी राखेको हो ।
आर्मीले समूह चरणका चारै खेल जितेर १२ अंक जोड्दा एक खेल जितेर दुई अंक मात्र जोडेको मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।
यसैगरी समूह चरणको अन्तिम खेलमा घरेलु टोली कर्णाली प्रदेशलाई तीन शून्यकै सोझो सेटमा हराउँदै गण्डकी प्रदेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ ।
गण्डकीले समूह चरणका तीन खेल जितेर ९ अंक जोड्दा एक खेलमात्र जितेको घरेलु टोली कर्णालीको तीन अंक मात्रै छ ।–––
३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताः आजदेखि सेमिफाइनलका खेलहरु हुँदै
३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताः आजदेखि सेमिफाइनलका खेलहरु हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
