सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक युवक मृत फेला परेका छन्। मृतक युवकको शरीरिका विभिन्न भागहरूमा चोटपटक लागेको अवस्थामा फेला परेका हुन्।
पञ्चपुरी नगरपालिका–६ बस्ने १८ वर्षीय युवक भरत बुढा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काले घर नजिकै रहेको कुवापानीमा भरतको शव फेला परेको जानकारी दिनुभयो ।
गएराति १ बजेको समयमा बुढा मृत फेला परेको खबर हामीलार्इ जानकारी आएको थियो। खबर पाउन बित्तिकै इलका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटना शंकास्पद देखिएका कारण जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली आज बिहान माघ–२० गते परिचालित गरिएको छ।’
यस्तै, घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरीक्षक योगेन्द्रसिँह थापा आफै खटिनुभएको छ । साथै एसपी थापाको टोलीसँगै कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पञ्चपुरी पुगेर घटनाको विषयमा अनुसन्धान थालिरहेको छ।
प्रहरीका अनुसार मृतक युवकको शव घटनास्थलमै रहेको छ।
पञ्चपुरीमा एक युवक मृत फेला
पञ्चपुरीमा एक युवक मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
