सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालयमा नवनिर्मित भवनहरूको उद्घाटन गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले आज विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको सुर्खेतमा पुगेर उद्घाटन गर्नुभएको हो ।
ओलीले विश्वविद्यालयको विद्यालयको स्कुल अफ मेनेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन सँगै उक्त भवनमा सञ्चालन हुने कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि सम्बन्धी संस्थाको पनि शुभारम्भ गर्नुभएको छ ।
यस्तै, विश्वविद्यालयको डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम कार्यक्रम, विश्वविद्यालयलाई पेपरलेस बनाउन ४ वर्षदेखि भएको प्रयासको परिणामस्वरूप सुरु भएको उक्त कार्यक्रमको समेत उद्घाटन ओलीले गर्नुभएको हो ।
अध्यक्ष ओलीले भवन उद्घाटन गुणस्तरीय शिक्षाका लागि पछिल्लो समय विश्वविद्यालयमा पढाइको व्यवस्थापन, कक्षा, शिक्षक र विभिन्न विभागमा सुधारहुँदै गएको बताउनुभयो ।
साथै ओलीले मध्यपश्चिम विश्वविद्यालय प्राज्ञिक ज्ञानको भण्डारसँगै भौतिक संरचनाका हिसाबले अन्य विश्वविद्यालयहरुमा अगाडी बढेको बताउनुभयो ।
ओली नेकपा एमाले कर्णाली प्रदेश कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्न सुर्खेत आउनुभएको हो ।
अध्यक्ष ओलीद्वारा मध्यपश्चिम विश्वविद्यालयमा नवनिर्मित भवनहरूको उद्घाटन
अध्यक्ष ओलीद्वारा मध्यपश्चिम विश्वविद्यालयमा नवनिर्मित भवनहरूको उद्घाटन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
