सुर्खेत । लागु औषधसहित सुर्खेत वीरेन्द्रबाट तिन जना प्रक्राउ परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ गैरी टोलबाट लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तिनजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ गैरी टोलका अविशेक बसेल, त्यही ठाउँका बर्ष १८ को अनिस बसेल, वर्ष १८ की एलिना बसेल रहेका छन् ।
उनिहरुको साथबाट शुद्ध २ ग्राम २० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो धुलो पदार्थ समेत बरामत गरिएको छ ।
पक्राउ परेका तिनै जनालाई म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कृष्ण बहादुर खड्काले जानकारी दिनुभयो ।
लागुऔषध सहित तिन जना पक्राउ
लागुऔषध सहित तिन जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
