सुर्खेत । सुर्खेत वराहाताल गाउँपालिका वडा नम्बर ९ थारीका सागर गुरुङ्ग अहिले दुबै मृगौला फेल भएर मर्नु र बाँच्नुको दोसाधमा हुनुहुन्छ ।
परिवारको आर्थिक अवस्था निकै कमजोर हुँदा उपचार गर्न समेत समस्या भएपछि अहिले पिडित २१ बर्षिया गुरुङ्ग मर्नु न बाँच्नुको दोसाधमा पुग्नुभएको हो ।
गत जेठदेखि दुबै मृगौला फेल भएर कर्णाली प्रदेश अस्पताल कालागाउँमा डाइलाइसिस गराइरहनुभएका गुरुङ्गको उपचारमा दश लाखभन्दा धेरै खर्च भइसकेको परिवारले जनाएको छ ।
पिडित गुरुङ्गका बुवा दीपक गुरुङ्गले घरको सबै श्रीसम्पती छोराको उपचारमै सकिएको भन्दै अब उपचार गर्ने रकम आफुसँग नभएको भन्दै छोराको उपचारको लागि सहयोग गरिदिन अपिल गर्नुभयो ।
छोरा गत जेठदेखि दुबै मृगौला फेल भएर डाइलाइसिस गराइरहेका छौँ । उहाले भन्नुभयो, “अहिलेसम्म १३ लाखभन्दा धेरै सकियो । म गाडी चलाउने काम गर्छु, मसँग भएको पैसा पनि सकियो, मेरो श्रीमतीले लगाएको गरगहणा सबै बेचेर सकियो, छोरालाई उपचारको लागि अब हामीसँग एक सुक्को पैसा छैन,” “२१ बर्षको भ्रखरको छोरालाई उपचार नगरी छोड्न पनि भएन, उपचारको लागि मसँग पैसा पनि छैन,सबै ठाउँबाट सहयोग गरेर मेरो छोरालाई बचाइदिनुहोस् । उहाले दुखेसो पोख्दै भन्नुभयो ।”
अहिले मृगौला पिडित गुरुङ्गलाई हप्तामा दुइपटक डाइलाइसिस गरिरहनुपरेको छ । उपचार खर्चमै सबै सम्पती सकिएपछि छोराको उपचारको लागि सबैसँग हार गुहार गरिरहेको छ ।
पिडित गुरुङ्गकी आमा टिका गुरुङ्गले आफुहरुले छोरालाई बचाउनको लागि सबैसँग सहयोग मागिएको तर भनेअनुसारको सहयोग नमिलेको दुखेसो गर्नुभयो । “अब हामीसँग सम्पतीको नाममा पहाडमा जग्गा छ । त्यही पनि विक्रि भए बेच्ने तयारीमा छौ । हामीलाई अहिले सबैको सहयोग चाहिएको छ, छोराले म बाँच्न चाहान्छु भन्छ, उसलाई बचाउनको लागि हामीलाई सहयोग चाहिएको छ,” उहाले भन्नुभयो ।
गुरुङ्गको परिवार अहिले वीरेन्द्रनगरमा भाडामा बस्दै आएको छ । एकातिर भाडा नतिर्ने भनेर घरबेटीले कोठा छोड्न दबाब दिइरहेका छन् भने अर्कोतिर छोराको पिडाले उनिहरुलाई समस्या परिरहेको छ ।
मृगौला पिडित गुरुङ्गको उपचारमा रहेका चिकित्सकहरुले मृगौला प्रत्यारोपन गर्न सकिने बताएपनि छोरालाई नयाँ जीवन दिन रकम अभाव भएपछि देश विदेशमा रहेका सबैसँग गुरुङ्गको परिवारले सहयोगको याचाना गरेको हो ।
२१ बर्षका मृगौला पिडित गुरुङ्गलाई उपचार खर्च अभाव
२१ बर्षका मृगौला पिडित गुरुङ्गलाई उपचार खर्च अभाव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
