सुर्खेत । कर्णाली प्रदेश अस्पतालको सेवा थप गुणस्तरिय बन्दै गएको छ । पछिल्लो समय अस्पतालले मृर्गाला प्रत्यारोपनसहित विशेषज्ञ सेवा सुर्खेतमै दिन थालेको हो ।
प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृतिको उपचार मानिने स्पानल इन्जुरी (मेरुदण्डको अप्रेशन)को सफल अप्रेशन गरिएको छ ।
अस्पतालमा हालसम्म ५१ वटा स्पानल इन्जुरीको सफल अप्रेशन गरेको प्रदेश अस्पताल सुर्खेतका अर्थाेपेडिक विभागका प्रमुख डाक्टर शुभ श्रेष्ठले जानकारी दिनुभयो । तीन वर्षदेखि अस्पतालमा स्पानल इन्जुरीको अप्रेशन हुँदै आएको छ ।
सुर्खेतमै स्पानल इन्जुरीको अप्रेशन सुरु भएपछि ढाँड भाँचिएका कर्णालीका विरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको डाक्टर श्रेष्ठले बताउनुभयो ।
महंगो र जटिल प्रकृतिको समस्या भएकै कारण ढाँडको अप्रेशन गर्ने विरामीका लागि अस्पतालले ‘विपन्न नागरिक औषधि उपचार कोष’ सञ्चालन गरेको छ ।
२०७९ असारदेखि सञ्चालनमा आएको यही कोषबाट स्पानल इन्जुरीको अप्रेशन गरेका विरामीलाई एक लाख बराबरको औषधि उपचार सेवा पाउँदै आएका छन् ।
आर्थिक अभावमा कुनै पनि विरामी उपचारबाट बन्चित नहोस् भन्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक औषधि उपचार कोष सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा प्रदेश अस्पतालमा ठूला र जटिल प्रकृतिका उपचार सेवाहरु सञ्चालन हुँदै आएका छन् ।
अर्पाेपेडिक विभागमा हाल डा.शुभ श्रेष्ठ, डा. पदम गिरी, डा. रविन केसी, डा. तेजेन्द्र साउद, डा. किशोर कुमार विष्ट र डा. हिक्मत भण्डारीसहित ६ जना चिकित्सकरु कार्यरत छन् ।
यसैबीच ५० भन्दा बढी स्पानल इन्जुरीका विरामीको सफल अप्रेशन गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गर्दै केक काटेर खुशीयाली मनाएको छ ।
अस्पतालमा आएका जटिल प्रकृतिका विरामीलाई सहज रुपमा उपचार गर्न सफल भएको खुशीयालीमा अस्पतालले केक काटेर खुशीयाली मनाएको हो ।
कार्यक्रमका अस्पताल विकास समितिका अध्यक्ष खड्क बसेल, अस्पतालका निर्देशक डाक्टर डम्बर खड्का लगायत अर्थाेपेडिक विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सहभागी थिए ।
कर्णाली प्रदेश अस्पतालमा ५१ जना स्पाइनल विरामीको सफल अप्रेशन
कर्णाली प्रदेश अस्पतालमा ५१ जना स्पाइनल विरामीको सफल अप्रेशन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु