सुर्खेत । कर्णालीमा ठुलो परिणाममा कृषि वस्तु आयात हुने गरेको पाइएको छ ।
कर्णाली प्रदेशबाट करिब ११ करोडको कृषि वस्तु निर्यात हुँदा ७१ करोडभन्दा धेरैको आयात भएको हुने गरेको हो ।
कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८०÷०८१ को साउनदेखि पुष मसान्तसम्म १० करोड ८१ लाख ५७ हजारको कृषि वस्तु निर्यात हुँदा ७१ करोड ७५ लाख ३० हजारको कृषि वस्तु आयात भएको हो ।
कर्णालीमा सबैभन्दा धेरै तरकारी आयात भएको छ । चालु बर्षको ६ महिनामा मात्रै कर्णालीमा २१ करोड ४९ लाख ५६ हजारको तरकारी आयात हुँदा ९४ लाख ५० हजारको मात्रै तरकारी निर्यात भएको छ ।
दैलेख, जाजरकोट, मुगु, सल्यान, कालिकोट र सुर्खेतबाट तरकारी प्रदेशबाहिर नीकासी हुने गरेको छ भने दाङ, धादिङ र भारतबाट आयात हुने गरेको छ ।
त्यसैगरी, प्रदेशमा ३ करोड १३ लाख १० हजारको खाद्यन्न वस्तु आयात हुँदा कर्णालीबाट ४४ लाख १६ हजारको निर्यात हुने गरेको छ ।
आलु ९ करोड ९९ लाख दुइ हजारको आलु मात्रै आयात भएको छ । तर कर्णालीबाट २८ लाख २४ हजारको आलु निर्यात भएको छ ।
फलफुल ३५ करोड ५८ लाख ९४ हजारको फलफुल आयात हुँदा ९ करोड ७४ लाख ६ हजारको निर्यात भएको छ ।
त्यसैगरी मसला बाली २ करोड १३ लाख २९ हजार, च्याउ २० लाख २९ हजार र अन्य १० लाख १९ हजारको आयात भएको छ ।
यता, मशलाबाली ६ लाख ८२ हजार, च्याउ ५ हजार र अन्य ३३ हजारको निर्यात कर्णालीबाट भएको कृषि निर्देशनालय निमित्त निर्देशक चित्र बहादुर रोकायले जानकारी दिनुभयो ।
दश हजार मेट्रिक टन कृषि वस्तु आयात
निमित्त निर्देशक रोकायका अनुसार कर्णालीमा चालु आर्थिक बर्षको ६ महिनामा दश हजार मेट्रिक टनभन्दा धेरै कृषि वस्तु आयात भएको छ ।
जसमा खाद्यन्नबाली ५५.२ मेट्रिक टन चालु आथिक बर्षको ६ महिनामा निर्यात भएको छ । त्यसैगरी, तरकारी ३१५.३ मेट्रिक टन, आलु १४१ मेट्रिक टन निर्यात भएको उहाको भनाई छ ।
कर्णालीबाट सबैभन्दा धेरै फलफुल निर्यात भएको छ । फलफुल करिब १३९६.१ मेट्रिक टन निर्यात भएको जनाइएको छ ।
त्यसैगरी मशलाबाली १०.५ मेट्रिक टन, च्याउ ०.३ मेट्रिक टन र अन्य ०.६ मेट्रिक टन निर्यात भएको निर्देशक रोकायले बताउनुभयो ।
कर्णालीमा अधिकांस कृषि वस्तु भारतबाट आयात हुने गरेको छ । त्यसपछि दाङ, धादिङ, बाँके र चितवनबाट समेत आयात हुने गरेको छ ।
कर्णालीका ५ जिल्लामा उत्पादन भएको वस्तुको निर्यात धेरै हुने गरेको छ ।
यता, सरकारले भने उत्पादनमुखी कार्यक्रम ल्याएर प्रदेशलाई आत्मनिर्भर बनाउने दाबी गर्दै आएको छ । प्रदेशमा कृषि क्षेत्रमा बार्षिक अर्बौ बजेट विनियोजन हुने गरेपनि परिणामुखी भने हुन नसकेको कृषि विज्ञहरुले बताएका छन् ।
कर्णालीमा कृषिमा परनिर्भरता बढ्दैः ६ महिनामा ७१ करोडभन्दा धेरैको कृषि वस्तु आयात
कर्णालीमा कृषिमा परनिर्भरता बढ्दैः ६ महिनामा ७१ करोडभन्दा धेरैको कृषि वस्तु आयात
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

