सुर्खेत । कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार सत्ता गठबन्धनबाट उमद्वार बनेका तिनैजना निर्वाचित भएका हुन् ।
सार्बजनिक मत परिणाअनुसार गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गा चालिसेले बताउनुभयो ।
राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेश्बाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।
महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्लले ३ हजार ७२२ मत भार प्राप्त गर्नुभयो उहाकी प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दलिततर्फ नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालीकोट) निर्वाचित हुनुभएको छ । विकले ३ हजार ८१७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका हिक्मत विकले १ हजार २६७ मत प्राप्त गर्नुभएको छ ।
अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित हुनुभएको छ । रुकुम पश्चिमका रोकायाले नेकपा एमालेका डिल्लीप्रसाद भट्टलाई पराजित गर्नुभएको हो । रोकायाले ३ हजार ८७० मत भार ल्याएर विजयी हुँदा एमालेका भट्टले १ हजार २१४ मतभार प्राप्त गर्नुभएको छ । स्थानीय तह तर्फ गठबन्धनका एक एकजनाले फ्लोर क्रस गरेर एमालेका उम्मेदवारलाई मतदान गरेका छन् ।
७९ स्थानीय तह रहेको कर्णालीमा स्थानीय तहतर्फ २५ नगरपालिका र ५४ गाउँपालिकाका प्रमुख र उप्रमुख गरी १५८ जना मतदाता रहेका छन् ।
जसमध्ये महाबु गाउँपालिका दैलेखका प्रमुख लक्ष्मण गुरुङ्ग र नलगाड नगरपालिका जाजरकोटकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि १५६ जनाले मतदाता कायम भएका थिए ।
प्रदेश सभातर्फ ४० जना सदस्य छन् । जसको मतभार २ हजार १२० मतभार हुन आउँछ । स्थानीय तह र प्रदेश सभा सदस्यको गरी कर्णालीमा जम्मा पाँच हजार ८४ मतभार हुन आउँछ ।
प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ ।
राष्ट्रियसभा निर्वाचनः कर्णालीमा गठबन्धनको पल्लाभारी
राष्ट्रियसभा निर्वाचनः कर्णालीमा गठबन्धनको पल्लाभारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
