सुर्खेत । प्रमुख प्रतिपक्षी दल एमालेले तत्काल प्रदेशसभाको अधिवेशन सुरु गर्न माग गरेको छ । १२ माघमा बसेको प्रदेश संसदीय दलको बैठकले जनसरोकारका विषयमा छलफल हुने थलोलाई लामो समयसम्म बन्धक राख्न नहुने भन्दै तत्काल अधिबेशन आव्हान गर्न माग गरेको हो ।
उक्त बैठकले बर्तमान गठबन्धन सरकार जनता र प्रदेशप्रति अनुत्तरदायी भएको, आमजनताका आकांक्षालाई बुझ्न नसकेको साथै सरकार असफलतातर्फ अघी बढेको एमालेले दावी गरेको छ ।
यस्तै १७ कार्तिकमा जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पका कारण क्षति बेहोरेका पिडितहरुलाई हालसम्म पनि राहत, पुनस्थापना एवं क्षतिपूर्तिको काम प्रभावकारी बन्न नसक्नु दुखद् भएको एमालेको ठहर छ ।
तत्काल सदन सुचारु गर्न एमालेको माग
तत्काल सदन सुचारु गर्न एमालेको माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
