सुर्खेत । पुर्वी सुर्खेतमा संयुक्त रुपमा बजार अनुगमन गरिएको छ ।
पछिल्लो समय सुर्खेतका विभिन्न बजारहरुको अनुगमन तिव्र बनाइएको छ । त्यही अन्तरगत भेरीगंगा नगरपालिका र गुर्भाकोट गाउँपालिकाका विभिन्न बजारहरुको आज सोमबार बजार अनुगमन गरिएको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशको अगुवाईमा खाद्यन्न, खुद्रा, खाजाघर, पाउरोडी उद्योग, डेरी उद्योग, पेट्रोल पम्प र मेडिकल पसलहरुको अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा खाजाघरहरुमा सरसफाई नगरिएको, खानामा रङको प्रयोग बढी गरिएको पाइएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत थिर बहादुर श्रेष्ठले बताउनुभयो ।
विशेषगरी बोटेचौरमा रहेका खाजा पसलहरुमा रङको प्रयोग बढी पाइएकाले यसको प्रयोग नगर्न निर्देशन दिइएको उहाले जानकारी दिनुभयो ।
यसैगरी, खुद्रा पसलहरुमा म्याद गुर्जेका सामानहरु पनि फेला परेको भन्दै श्रेष्ठले ति सामग्रीहरुलाई नष्ट गराइएको बताउनुभयो ।
पाउरोटी उद्योगहरुले लेवलिङ नगरी चाउमिन बजारमा पठाउने गरेको समेत पाइएको छ, ति उद्योगहरुलाई आगामी दिनमा त्यस्ता कार्य बन्द गर्न भनिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका पदम बरालले बताउनुभयो ।
उपभोक्ताहरुले विशेषगरी म्याद गुज्रेका, लेवलिङ नगरिएका, रङको प्रयोग गरिएको खानाहरु खाँदा स्वास्थ्यमा गम्भिर असर हुन सक्ने भन्दै त्यतार्फ सचेत हुन बरालले सुझाव दिनुभयो ।
यसैबिच, केही पसलहरु दर्ता बिना संचालन गरिएको र केही पसलहरु दर्ता नविकरण नगरेको पाइएकाले एक हप्ताभित्र सबै प्रक्रिया पुरा गर्न समेत निर्देशन दिइएको उपभोक्ता हित संरक्षण निर्देशनालयका माधव प्रसाद न्यौपानेले बताउनुभयो ।
निर्देशनालयको अगुवाईमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय, गर्भाकोट नगरपालिका, इलाका प्रशासन कार्यालय गुर्भाकोट नगरपालिका, गुर्भाकोट नगरपालिका र नेपाल पत्रकार महासंघको संयुक्त टोली पुर्वी सुर्खेतका २९ वटा विभिन्न पसल र उद्योगहरुको अनुगमन गरेको हो ।
पुर्वी सुर्खेतमा बजार अनुगमनः खानामा रङको प्रयोग भेटियो, म्याद गुज्रेका सामानहरु नष्ट
पुर्वी सुर्खेतमा बजार अनुगमनः खानामा रङको प्रयोग भेटियो, म्याद गुज्रेका सामानहरु नष्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

