सुर्खेत । ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एकजनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–८ कोटमोलाको भित्री सडकखण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सल्यानकै कुमाख गाउँपालिका–६ बडागाउँका १९ वर्षीय जनक विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले गोबर बोकेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको बताउनुभयो । दुर्घटनामा मृत्यु भएका विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको उहाले बताउनुभयो ।
ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एकजनाको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एकजनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
