सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले गर्न लागेको कर्णाली एक्स्पोको तेश्रो संस्करण संचालन गर्ने बाटो खुला भएको छ ।
उच्च अदालत सुर्खेतले परेको रिटमाथी परामादेश दिएपछि कर्णाली एक्स्पोको तेश्रो संस्करण संचालन गर्ने बाटो खुल्ला भएको हो ।
उच्च अदालतका न्यायधीशद्वय कृष्णबहादुर भट्टराई र काजीबहादुर राईको संयुक्त इजालसले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि महोत्सव संचालन गर्ने बाटो खुलेको हो ।
‘निवेदकले अन्तिरिम आदेशको माग गरेको सम्बन्धमा बिचार गर्दा, सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ बमोजिम सार्वजनिक निकायका प्रमुख समक्ष निवेदन दिन सकिने र उक्त ऐनको दफा ४९ मा पुनरावलोकन समिति समक्ष दिन सकिने भन्ने कानुनी व्यवस्थाका आधारमा रीट निवेदकको बोलपत्र स्वीकृत नभएको हकमा बैकल्पिक मार्ग उपचारको मार्ग अम्बलन नगरी सोझै अदालतमा गर्नुका साथै मेला महोत्सव जस्तो बिषयमा विपक्षी ओम शान्ति मुक्ति इभेन्ट म्यानेजमेन्टको आसयपत्र स्वीकृत भै कार्यदेशसमेत प्राप्त गरिसकेको यस अवस्थामा सुबिधा र सन्तुलन तथा विपक्षीहरुका तर्फबाट निवेदनसाथ पेश भएको दर्ता रजिष्टर समेतका आधारमा निवेदन माग बमोजिम बिपक्षीहरुका नाममा अन्तरिकम आदेश जारी गर्न मिलेन’ भनिएको छ ।
यसैबिच, अदालतको आदेशले कर्णाली एक्स्पो गर्ने बाटो खुलेको महोत्सव केही दिन पछाडी जान सक्ने उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो ।
माघ २६ गतेबाट गर्ने भनिएको कर्णाली एक्स्पो दुई चार दिन पछाडी सर्न सक्ने भन्दै उहाले महोत्सवका सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।
कर्णाली एक्स्पोको व्यापक तयारी भएको, कर्णालीको कला तथा संस्कृती झल्किने गरी महोत्सवको आयोजना गरिने सुर्खेत उद्योग बाणिज्य संघका महासचिव भद्र भण्डारीले बताउनुभयो ।
महोत्सवलाई व्यवस्थित र मर्यादित तरिकाले सञ्चालन गरिने बताउँदै उहाले कर्णालीका कला, संस्कृती, रैथाने संस्कृतीहरुलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

