सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ ।
हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा गयरातिदेखि नै हिमपात भइरहेको हो ।
प्रदेशका अन्य जिल्लामा गएरातिदेखि अहिलेसम्म पानी परिरहेको छ । हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर भएको छ ।
गत वर्ष पनि हिउँदका बेला पहिलोपटक माघ ६ गतेदेखि ९ गतेसम्म वर्षासँगै हिमपात भएको थियो ।
यस वर्ष ढिलागरी वर्षा भएको मौसमविद्को भनाइ छ । हिमपातभएसँगै कर्णालीका हिमाली जिल्लामा चिसो अत्यधिक भएको छ । बाक्लो हिउँका कारण हवाई उडानसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिनसमेत समस्या भएको छ । यसैबीच हिमपातले कोदो, चिनु, फापरलगायत कात्तिके बालीनाली सप्रिने आशा किसानले गरेका छन् ।
लामो समयपछि कर्णालीका हिमाली जिल्लामा हिमपात, किसानहरु खुशी
लामो समयपछि कर्णालीका हिमाली जिल्लामा हिमपात, किसानहरु खुशी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
