सुर्खेत । कर्णाली प्रदेशमा अनियमित तरिकाले खर्च गर्ने प्रवित्ति बढेको छ । अनियमित तरिकाले खर्च गर्ने प्रवित्तिका कारण प्रदेशको बेरुजु रकम बढ्दै गएको छ ।
महालेखा परिक्षकको प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकारको पाँच बर्षको जम्मा बेरुजु रकम ४ अर्ब ४८ करोड २० लाख ३३ हजार ३ सय २४ रुपैयाँ पुगेको छ ।
जस अन्तरगत ३ अर्ब ७ करोड ५३ लाख ३८ हजार ८६ रुपैयाँ बेरुजु असुल गर्न बाँकी रहेको देखिएको छ भने पेश्की रकम १ अर्ब ४७ करोड १९ लाख २ हजार १ सय ८९ पेश्की रकम रहेको छ ।
यसैबिच, प्रदेशका मन्त्रालयहरुमध्य सबैभन्दा धेरै बेरुजु भौतिक पूर्वाधार मन्त्रालयको २ अर्ब २२ करोड ६३ लाख ७१ हजार ८ सय ६६ रहेको छ भने सबैभन्दा कम बेरुजु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ५४ हजार पाँच सय ७९ रुपैयाँ रहेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ४७ लाख ४२ हजार रहेको छआन्तरिक मामिलाले करिब २० लाख रकम पच्र्यौट गरेको छ ।
यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयको ३ लाख ८५ हजार २ सय ३९ लाख रुपैयाँ बेरुजु रहेको छ ।
भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ३५ करोड ८१ लाख ३ हजार ८३९ रुपैयाँ जम्मा बेरुजु छ भने असुल गर्नुपर्ने वेरुजु १० करोड २५ लाख ८१ हजार २९ रुपैयाँ रहेको छ ।
यसैगरी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ३१ करोड २ लाख ३६ हजार १ सय ५, सामाजिक विकास मन्त्रालयको वेरुजु ९५ करोड ६१ लाख ३२ हजार पाँच सय ५७ रुपैयाँ, जलश्रोत तथा उर्जा विकास मन्त्रालयको ५६ करोड २ लाख १२ हजार चार सय ५४ रुपैयाँ बेरुजु रहदाँ ६१ लाख १८ हजार ३ सय २२ रुपैयाँ पाँच बर्षमा बेरुजु पुगेको छ ।
मुख्य न्यायधीवक्ताको कार्यालयको एक लाख ४५ हजार ५९ रुपैयाँ र प्रदेश सु–साशन केन्द्रको ८ लाख ५३ हजार २ सय २४ रुपैयाँ पाँच बर्षको अवधीमा बेरुजु देखिएको छ ।
यसैबिच, पाँच बर्षमा करिब १२ लाख मात्रै बेरुजु पच्र्यौट भएको देखिएको छ । प्रदेशसभाको सार्बजनिक लेखा समितिका अनुसार पाँच बर्षको अवधीमा ११ करोड ७९ लाख ८० हजार चार सय ५ रुपैयाँ मात्रै बेरुजु पच्र्यौट भएको छ ।
एक बर्षको अवधीमा ३९ वटा प्रदेशसभाको बैठक बसेको छ भने कर्णाली प्रदेशसभाले एक बर्षमा चार वटा कानुन पारित गरेको छ ।
प्रदेश सभा सचिव जिवराज बुढाथोकीले दिएको जानकारी अनुसार प्रदेशसभाबाट एक बर्षको अवधीमा ४ वटा विद्येकय पारित भएका हुन् ।
सडक सम्बन्धीका केही विद्येयक बाहेक आउँदो अधिवेशको लागि कुनै विद्येयक दर्ता नभएको सचिव बुढाथोकीले बताउनुभयो ।
सरकारले संसदलाई विजनेश दिन नसकेको गुनासो यसअघि प्रदेशसभा सभामुख स्वयमले बताउँदै आउनुभएको थियो । हिउँदे अधिवेश शुरु हुन लागि सक्दा पनि सरकारले संसदलाई विजनेश दिन नसक्ने भन्दै चिन्ता गरिएको छ ।
प्रदेशसभा र सदस्यहरुले अेपेक्षित भुमीका खेल्न सकेननः सरोकारवाला
यस्तै, प्रदेशसभा र सदस्यहरुले प्रभावकारी भुमीका खेल्न नसकेको सरोकारवालाहरुले बताएका छन् ।
प्रदेश स्थापना दिवसको पूर्व सन्ध्यामा कर्णाली प्रदेश सचिवालयले आज शनिबार आयोजना गरेको प्रदेशसभाका पदाधीकारीसँगको सञ्चारकर्मीको संवाद कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
उनिहरुले प्रदेशसभाका विषयगत समितिहरु सक्रिय हुन नसक्दा सरकारका काम प्रभावकारी हुन नसकेको औँल्याएका हुन् ।–––
पाँच बर्षमा कर्णाली सरकारको बेरुजु चार अर्बभन्दा धेरै, १२ करोड मात्रै असुल
पाँच बर्षमा कर्णाली सरकारको बेरुजु चार अर्बभन्दा धेरै, १२ करोड मात्रै असुल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
