सुर्खेत । कार्यालयहरु कर्णाली प्रदेश सरकारले प्रदेशका ११ वटा कार्यालयहरु नमुना र एउटा कार्यालयलाई सर्वोत्कृष्ट रुपमा पुरस्कृत गरेको छ ।
कर्णाली प्रदेश सरकार मन्त्रीपरिषदको निर्णय अनुसार प्रदेशका १२ वटा कार्यालयहरुलाई नमुनाको रुपमा छनौट गरि पुरस्कृत गरेको हो ।
नमुना कार्यालयको रुपमा छनौट हुनेमा प्रदेश लोकसेवा आयोग, डिभिजन वन कार्यालय हुम्ला, स्वास्थ्य सेवा कार्यालय सल्यान, प्रदेश लेखा इकाई कार्यालय दैलेख, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगु रहेका छन् ।
त्यसैगरी, डिभिजन वन कार्यालय कालिकोट, स्वास्थ्य सेवा कार्यालय डोल्पा, भु–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्ला, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिम, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेत नमुना कार्यालयको रुपमा छनौट भई पुरस्कृत भएको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।
यस्तै, मुगुको पशु अस्पताल तथा पशु सेवा कार्यालय प्रदेशकै सर्वोउत्कृष्ट कार्यालयको रुपमा छनौट भएको जनाइएको छ ।
कार्यालयले दिने सेवाको गुणस्तर, सेवाग्राहीहरुप्रतिको जिम्मेवारी लगायतका मापदण्डको आधारमा नमुना कार्यालयको रुपमा छनौट गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव आनन्द सारुले जानकारी दिनुभयो ।
प्रदेश सरकारले सेवाको गुणस्तर बढाउन कार्यविधिअनुसार बार्षिक रुपमा नमुना कार्यालयको रुपमा छनौट गरि पुरस्कृत गर्दै आएको छ ।
कर्णालीका १२ कार्यालयहरु नमुना र सर्वोउत्कृष्ट बन्दै पुरस्कृत
कर्णालीका १२ कार्यालयहरु नमुना र सर्वोउत्कृष्ट बन्दै पुरस्कृत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
