सुर्खेत । लागु औषधसहित एकजना सुर्खेत वीरेन्द्रनगरबाट एकजना पक्राउ परेका छन् ।
लागूऔषध कारोबार गरिरहेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका–४ मित्रनगर बस्ने बर्ष ३२ का तारा विक पक्राउ परेकी हुन् ।
लागूऔषध ब्युरो कर्णाली प्रदेश र अस्थायी प्रहरी पोष्ट शहिद पार्क सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलिले नापतौल नगरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया बरामद समेत गरेको जनाएको छ ।
विकको घरको ढोका माथि लुकाईछिपाई राखेको अवस्थामा नापतौल नगरेको ब्राउन सुगर भेट्टाएको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता, जाजरकोटबाट एक फरार अवियुक्त पक्राउ परेका छन् ।
जिल्ला अदालत जाजरकोटले २०५५ सालमा एक महिना कैद सजाय सुनाएका नलगाड नगरपालिकाका वडा नम्बर १२ का ४७ बर्षिया डिल्ली पुनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले आज पक्राउ गरि अदालतमा पेश गरिएको हो ।
लागु औषधसहित एकजना वीरेन्द्रनगरबाट एकजना पक्राउ
लागु औषधसहित एकजना वीरेन्द्रनगरबाट एकजना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
