सुर्खेत । कर्णाली प्रदेशको शान्ति सुरक्षा कायम गर्नको लागि हरदम लाग्ने प्रहरी नायव महानिरिक्षक लालमणी आचार्यले बताउनुभएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख भएर भ्रखरै आउनुभएका आचार्यले सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
उहाले प्रदेशमा विभिन्न किसिमा घटनाहरु रोक्नको लागि प्रहरीले विशेष सुरक्षा योजना लागु गर्ने प्रतिवद्धता जनाउनुभयो । “कर्णाली प्रदेशमा हुने विभिन्न घटनाहरु नियन्त्रण गर्न विशेष योजना ल्याउछौँ, उहाले भन्नुभयो,” “कर्णालीको सुरक्षा व्यवस्थालाई मजबुद बनाउने मेरो पहिलो काम हुन्छ, लागु औषध दुव्र्यसन, चोरी डकैती र अन्य अपराधिक क्रियाकलाप हुन नदिनेगरी प्रहरीले विशेष अभियान चलाउछ ।”
कर्णाली प्रदेशमा प्रवेश गर्ने सवारी सधानहरुलाई डिजिटल रुपमा नीगरानी राख्नेगरी संचालन गर्ने योजना रहेको भन्दै त्यसको लागि वजेट अपुग रहेको उहाले बताउनुभयो । “प्रदेश सरकारले २० लाख मात्रै रकम बिनियोजन गरेको छ, हामी सवारी साधन डिजिटल प्रविधिमा निगरानी राख्ने योजना बनाइरहेका छौँ, जसबाट दुर्घटना न्युनिकरण गर्न धेरै सफल हुने छौँ ।”
आचार्यले अहिले यस्तो प्रविधि जडान गर्न रकम अपुग हुने बताउनुभयो ।
नेपालगञ्जमा रहेका कर्णाली प्रदेश प्रहरी कार्यालयहरुलाई चाँडै सुर्खेतमा ल्याइनेगरी काम भइरहेको भन्दै अबको दुई बर्षभित्र सबै कार्यालयहरु ल्याइने दाबी गर्नुभयो ।
कर्णालीको शान्ति सुरक्षा कायम गर्न हरदम लाग्छौः डिआइजी आचार्य
कर्णालीको शान्ति सुरक्षा कायम गर्न हरदम लाग्छौः डिआइजी आचार्य
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
