सुर्खेत । नेपाल औषधी व्यवसायी संघ सुर्खेतको वार्षिक साधारण सभा एवम् दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
वीरेन्द्रनगरमा भएको साधारणसभा संस्थाले गरेका विभिन्न गितिविधि पनि सार्वजनिक गरिएको छ । संघका सुर्खेत अध्यक्ष रणबहादुर खड्काले २०३० सालदेखि निरन्तर व्यवसायीक हकहितका लागि काम गरिरहेको बताउनुभयो । उहाले कोरोना महामारीमा पनि नागरिकलाई सेवा गर्दै मूल्यमा एकरुपता गरेको बताए । संघका प्रदेश अध्यक्ष प्रेम भण्डारीले राज्यसंग समन्वय सहकार्य गरेर व्यवसायीक हकहितमा काम गर्ने बताए। कर्णालीमा आफुहरुले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको बताउनुभयो ।
संघका केन्द्रीय सदस्य कृष्णबहादुर रोकायले संघ थप व्यवस्थापनका साथ अगाडि बढिरहेको बताउनुभयो । त्यस्तै संघका सल्लाहकार विष्णुबहादुर खड्काले पछिल्लो समय व्यवसायीहरु समस्यामा परेको बताउनुभयो । व्यवसायीक मर्यादा र सेवाको अनुभूति हुनेगरी काम गर्न अनुरोध गर्नुभयो । उहाले यहि अभियान मार्फत सुर्खेत शाखाको भवन बनाउन सकिने बताउनुभयो । संघले विभिन्न क्षेत्रमा सामाजिक कामगर्दै आएको छ। आगामी दिनमा यस्ता खाल्का क्रियाकलापहरु गर्दै जाने बताएको छ।
यसैबिच, औषधी व्यवसायी संघ सुर्खेतको अध्यक्षमा पुनः रणबहादुर खड्का चयन भएका छन् । शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो साधारणसभाले खड्काको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा सेतुराम पाण्डे, थोक उपाध्यक्षमा दीर्घाकुमारी बुढाक्षेत्री, खुद्रा उपाध्यक्षमा पूर्ण बहादुर रानामगर र महासचिवमा मंगलकुमार शर्मा निर्वाचित हुनुभएको छ ।
त्यस्तै संघको कोषाध्यक्षमा दीपाकुमारी गाहा, सचिवमा निरक गुरूङ, उपकोषाध्यक्षमा हरि खड्का र सदस्यहरूमा कृष्णाकुमारी बोहोरा, सनिसरा महतम, नयाँराम न्यौपाने, टीका कुमारी थानी र रामलिला चयन भएका छन् ।
नेपाल औषधी व्यवसायी संघको नयाँ कार्यसमिति चयनः अध्यक्षमा खड्का र महासचिवमा शर्मा
नेपाल औषधी व्यवसायी संघको नयाँ कार्यसमिति चयनः अध्यक्षमा खड्का र महासचिवमा शर्मा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु