सुर्खेत । श्री ज्योति फाउण्डेसनले भूकम्पबाट आमा बुवा गुमाएका प्रभावित नानीहरुलाई पढ्न सहयोग गर्ने भएको छ ।
फाउण्डेसनले भूकम्पमा परी आमाबुवा गुमाएका विपन्न र अति विपन्न परिवारका छोरीहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न लागिएको हो ।
आमाबुवा गुमाएका नानीहरुलाई शिक्षामा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन गरिने भन्दै फाउण्डेसनका अध्यक्ष ज्योती कटुवालले शुरुवातमा २० जना नानीहरुलाई सहयोग गरिने बताउनुभयो ।
भूकम्पबाट प्रभावित अति विपन्न परिवारका छोरीहरूको एकदेखि दस कक्षासम्म सामुदायिक विद्यालयमा लाग्ने सम्पूर्ण खर्च फाउण्डेसनले व्यहोर्ने उहाले बताउनुभयो ।
“हामीले परिवारको अति कमजोर आर्थिक अवस्थाका कारण पढ्न नपाएको छोरीहरूको पढाइमा सहयोग गर्ने उद्देश्यका साथ संस्था स्थापना गरेका हौं, यही बेलामा भूकम्पले धेरैलाई प्रभावित बनाएको छ,’ अध्यक्ष कटुवालले भन्नुभयो, “अहिले भूकम्प प्रभावित जिल्लाहरूका आमाबुवा गुमाएका अतिविपन्न परिवारका छोरीहरूलाई शिक्षामा सहयोग गरेर हाम्रो उद्देश्य कार्यान्वयनको सुरूआत गर्दैछौं ।”
उहाले हाल भूकम्प प्रभावित स्थानीय तहहरूको सिफारिसका आधारमा छोरीहरूलाई फाउण्डेसनले पढाउने जानकारी दिनुभयो ।
यही उद्देश्यका साथ फाउण्डेसनले मंसिर १५ गते सुर्खेतमा सांगीतिक साँझ गरेको थियो । उक्त सांगीतिक साँझबाट संकलन भएको रकम बैंकमा जम्मा गर्ने र त्यसबाट प्राप्त ब्याजबाट छोरीहरूको शिक्षामा सहयोग गर्ने कटुवालले बताउनुभयो ।
उहाका अनुसार स्थानीय तहले सिफारिस गरेका भूकम्प प्रभावित छात्राहरूको स्वास्थ्य उपचार तथा स्वास्थ्य परामर्शका लागि पनि सुर्खेतस्थित निजी अस्पतालसँग सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ ।
सांगीतिक साँझबाट फाउण्डेसनले २२ लाख ७५ हजार ४९७ रुपैयाँ संकलन गरेको थियो। जसमध्ये ९ लाख ६१ हजार ३४ रुपैयाँ सांगीतिक साँझमा खर्च भएको अध्यक्ष कटुवालले जानकारी बताउनुभयो ।
हाल संकलन भएको रकममध्ये १३ लाख १४ हजार ४६३ रुपैयाँ बचत छ। सांगीतिक साँझका क्रममा बिक्री भएको टिकटमध्येबाट १२ लाख रुपैयाँ उठ्न बाँकी रहेको उहाले बताउनुभयो ।
श्रीज्योती फाउण्डेसले भूकम्पबाट आमाबुवा गुमाएका प्रभावित नानीहरु लाभाम्वित हुने
श्रीज्योती फाउण्डेसले भूकम्पबाट आमाबुवा गुमाएका प्रभावित नानीहरु लाभाम्वित हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
