सुर्खेत । कर्णालीका सबै पालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गर्न प्रदेश स्तरीय खानेपानी गुणस्तर निगरानी समितिले सुझाव दिएको छ ।
समितिको सुर्खेतमा बसेको बैठकले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चितता मापनका लागि दक्ष प्राविधिक जनशक्तिसहित प्रदेशका सबै पालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने सुझाव दिएको हो ।
प्रदेशका सबै जिल्ला सदरमुकाममा पानी परीक्षण प्रयोगशाला स्थापना गरे पनि अब त्यसलाई शुद्ध पानीको मापनको सुनिश्चित गर्न पालिका स्तरसम्मै परीक्षणको व्यवस्था मिलाउन आवश्यक रहेको निगरानी समितिको ठहर छ ।
कर्णालीका अधिकांश जनसङ्ख्या अहिले पनि ग्रामीण क्षेत्रमै बसोबास गर्ने हुँदा पालिका स्तरबाटै शुद्ध पानीको मापन गर्न सके यकिन तथ्याङ्कको मूल्याङ्कनसँगै रणनीति तय गर्न सरकार नै सहज हुने समितिका पदाधिकारीहरूले बताएका छन् ।
अहिले कतिपय जिल्लामा पानी परीक्षण प्रयोगशाला राखिए पनि त्यहाँसम्म सबै उपभोक्ताहरूको पहुँच पुग्न नसकिरहेकाले शुद्ध पानीको सुनिश्चितता गर्न स्थानीय स्तरमै पानी परीक्षणको व्यवस्था गर्न पालिकासँगै प्रदेश सरकारले रणनीति बनाउन आवश्यक रहेको औंल्याइएको छ ।
मानव जीवनसँग जोडिएको पानी जस्तो महत्त्वपूर्ण पाटोलाई व्यवस्थित गरेर लैजाने उद्देश्यका साथ स्थानीय स्तरबाटै गर्न सके त्यो बढी प्रभावकारी हुने ठहर गरिएको छ ।
कर्णालीका सबै पालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गर्न सुझाव
कर्णालीका सबै पालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गर्न सुझाव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
