सुर्खेत । कर्णाली प्रदेशमा लागु औषधको कारोबार बढ्दै गएको पाइएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार प्रदेशमा लागु औषध कारोबारमा वृद्धि हुँदै गएको हो ।
चालु आर्थिक बर्षको ६ महिनामा प्रदेशभर ८८ जना लागु औषध सेवन र कारोवारी गर्ने व्यक्तीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
चालु बर्ष २०८०÷८१ को हालसम्म प्रदेशका विभिन्न जिल्लाबाट ८८ जनालाई पक्राउ गरिएको र ५६ वटा मुद्धा दर्ता भएको प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रवक्ता प्रहरी वरिष्ट उपरिक्षक बीर बहादुर ओलीले जानकारी दिनुभयो ।
यसैबिच, चालु आर्थिक बर्षको ६ महिनामा प्रहरीले ८० ग्राम ४ सय ४० मिलिग्राम ब्राउनसुगर बरामत गरेको जनाएको छ ।
यसैगरी, ८४ ग्राम ९ सय ४८ मिलिग्राम चरेस, ८ सय १० मिलि ग्राम गाँजा, ९ सय ४० मिलिग्राम अफिम र औषधी जन्य ३० ट्यावलेट बरामत गरिएको ओलीले बताउनुभयो ।
सबैभन्दा धेरै लागु औषध कारोबार सुर्खेतको वीरेन्द्रनगरमा हुने गरेको भन्दै यसको नियन्त्रणका लागि प्रहरीले विशेष योजना बनाइरहेको उहाले जानकारी दिनुभयो ।
पछिल्लो समय लागु औषध ओसारपसार गर्ने स्थान समेत परिवर्तन भएको भन्दै प्रहरीले त्यस अनुसारको योजना बनाइरहेको जनाइएको छ । विगतमा सुर्खेतको शुभकुन्ना नाकाबाट भित्रिने गरेको लागु औषध अहिले पश्चिम कैलाली नाकाबाट सुर्खेत आउने गरेको पाइएपछि प्रहरीले पनि त्यही अनुसारको निगरानी बढाएर काम गरिरहेको जनाइएको छ ।
यस्तै, सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध सहित तिन जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले तिन जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं ४ चन्द्रमान चोक बस्ने २३ वर्षका तपेन्द्र बहादुर शाही, वीरेन्द्रनगर नगरपालिका वडा नं ३ बस्ने अन्दाजी २९ बर्षका सन्तोष बैगार र वीरेन्द्रनगर ४ मित्रनगर बस्ने ३२ बर्षका तारा बिक रहेका छन् ।
पक्राउ परेका शाहीबाट शुद्ध १०० मिलिग्राम सहित, आईतबार वीरेन्द्रनगर ४ हिलेखालीबाट पक्राउ गरिको थियो ।
यस्तै बैगारलाई शुद्ध ५ सय ३० मिलिग्राम सहित सोमबार पक्राउ गरिएको थियो । भने विकलाई सोहि दिन शुद्ध ५० मिलिग्राम लागुऔषध ब्राउनसगुर धुलो पदार्थ सहित फेलापारी तिनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कर्णाली प्रदेशमा लागु औषधको कारोबार बढ्दै, सुर्खेतको पश्चिम नाका बन्दै ट्रान्जिट पोइन्ट
कर्णाली प्रदेशमा लागु औषधको कारोबार बढ्दै, सुर्खेतको पश्चिम नाका बन्दै ट्रान्जिट पोइन्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
