सुर्खेत । यही माघ २६ गतेदेख सुर्खेतमा हुने भनिएको महोत्सव फागुन १४ गतेदेखि संचालन हुने भएको छ ।
कर्णाली एक्सपो नाम दिइएको महोत्सव यही माघ २६ गतेदेखि फागुन ५ गतेसम्म संचालन गर्ने भनिएपनि विभिन्न कारणले मिति सारिएको उद्योग वाणिज्य संघ सुर्खेतले जनाएको छ ।
सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव भद्र भण्डारीले विविध कारणले गर्दा माघ २६ गतेदेखि हुने भनिएको महत्वसव अब फागुन १४ गतेदेखि २२ गतेसम्म संचालन हुने जानकारी दिनुभयो ।
महोत्सवले कर्णालीको पर्यटन प्रवद्र्धनसँगै कला संस्कृतीलाई विश्वभर चिनाउने अपेक्षा गरिएको छ ।
भिजिट कर्णालीले पर्यटकीय स्थल घुमाउने
सुर्खेत महोत्सवमा भिजिट कर्णाली यातायात प्रा.लि.ले पर्यटकीय क्षेत्र घुमाउने भएको छ ।
महोत्सव अवधिभर दैलेखको पञ्चकोशी तिर्थस्थल र सल्यानको कुपिण्डे दह घुमाउने गरी प्रा.लि.ले प्याकेज सार्वजनिक गरेको हो ।
पञ्चकोशी क्षेत्र घुम्नका लागि प्रा.लि.ले दुई ओटा प्याकेज बनाएको छ । पहिलो प्याकेजमा दैलेखको गुराँसहुँदै कोटीलाबाट पादुका घुमेर वीरेन्द्रनगर फर्केने रहेको छ ।
वीरेन्द्रनगरबाट विहान ९ बजे गुराँस पुग्ने र नास्तापछि भ्यूटार अवलोकलपछि डुंगेश्वरमा खाना खाने तालिका प्रा.लि.ले बनाएको छ ।
यस्तै, चुप्राहुँदै कोटीला, शिरस्थान, नाविस्थानबाट दुल्लु बजारमा बस बस्ने् प्याकेज तयार गरिएको प्रा.लि.का अध्यक्ष प्रकाश शाहीले बताउनुभयो ।
उहाले दोस्रोदिन धुलेश्वेरहुँदै पादुकाबाट तल्लोडुङ्गेश्वेरमा खाना खायर पुनः वीरेन्द्रनगर फर्कने गरी प्याकेज बनाएको बताउनुभयो ।
यो प्याकेज अन्तरगत ३६ हजार चारसय भाडादर कायम गरिएको छ । आठ जना यात्रु हुने स्करपियो गाडीमा प्रति व्यक्ति चार हजार पाँचसय पचास रुपैयाँ भाडा पर्नेछ ।
दोस्रो प्याकेज प्रा.लि.ले १९ हजार ७५० भाडादर कामय गरेको छ । विहान सवाँ ८ बजे दैलेखको गुराँसे पुग्ने, चुप्राहुँदै काटीला, शिरस्थान, नाविस्थान, धुलेश्वर, पादुका र तल्लोडुंगेश्वर पुगेर सोही दिन सुर्खेत फर्किने तालिका बनाएको शाहीले बताउनुभयो ।
उहाले आठ जना यात्रुका लागि प्रतिव्यक्ति २४७० रुपैयाँ भाडादर कायम गरिएको बताउनुभयो ।
सल्यानको कपिण्डे ताल घुमाउने प्याकेज अन्तरगत बिहान साढे ८ बजे सुर्खेतबाट यात्रा शुरु गर्ने र मेहलकुनामा खाना खाने तालिका बनाइएको छ ।
सुर्खेत महोत्सव फागुन १४ गतेदेखि हुने, भिजिट कर्णालीले पर्यटकीय स्थल घुमाउने
सुर्खेत महोत्सव फागुन १४ गतेदेखि हुने, भिजिट कर्णालीले पर्यटकीय स्थल घुमाउने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

