सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा अनियमितता सम्बन्धि उजुरीको चाङ लागेको छ ।
कर्णालीका प्रदेशभर १० जिल्ला र रुकुम पुर्वबाट चालु आर्थिक बर्षको ६ महिनामा एक हजार ९५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दर्ता भएका हुन् ।
गत आर्थिक बर्ष २०७९÷०८० भन्दा यो बर्ष अनियमितता सम्बन्धीका उजुरी बढेको अख्तियारको सुर्खेत स्थित कार्यालयले जनाएको छ ।
चालु आर्थिक बर्षको साउन महिनादेखि हालसम्म सबैभन्दा बढी उजुरी सुर्खेतका २ सय ७३ उजुरी कार्यालयमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सुचना अधिकारी रत्नचन्द्र गौतमले जानकारी दिनुभयो ।
जिल्लागत रुपमा सबैभन्दा कम रुकुम पूर्वबाट २० वटा उजुरी दर्ता हुदा रुकुम पश्चिमबाट ८६ वटा उजुरी दर्ता भएका छन् ।
त्यसैगरी, दैलेखबाट एक सय ७७ वटा, डोल्पाबाट ५८ वटा, सल्यानबाट ७६ वटा उजुरी दर्ता भएको गौतमले बताउनुभयो ।
यस्तै, जाजरकोटबाट ७१ वटा, जुम्लाबाट एक सय १७ वटा, कालिकोटबाट ७८, मुगुबाट ९७ वटा र हुम्लाबाट ७८ वटा उजुरी दर्ता भएका छन् ।
सुचना अधिकारी गौतमअनुसार गत बर्षका ९ सय ४४ र चालु आर्थिक बर्षका एक हजार ९५ गरी कुल दुइ हजार ३९ उजुरी परेका छन् । ति मध्य पाँच सय ४९ उजुरीको टुङ्गो लागेको छ भने एक हजार ४ सय ९० उजुरीको टुङ्गो लाग्न बाँकी रहेको उहाले जानकारी दिनुभयो ।
पछिल्लो समय स्थानीय र प्रदेश सरकारका योजनाहरुको अनियमितता सम्बन्धिका उजुरी बढ्दै गएको अख्तियार सुर्खेत कार्यालयका सुचना अधिकारी गौतमले जानकारी दिनुभयो ।
आयोगले आफ्नो ३३ औँ स्थापना दिवस् सुर्खेतमा पनि मनाएको छ ।
कर्णालीमा चालु आर्थिक बर्षको ६ महिनामा करिब एघार सय उजुरी अख्तियारमा दर्ता
कर्णालीमा चालु आर्थिक बर्षको ६ महिनामा करिब एघार सय उजुरी अख्तियारमा दर्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
