सुर्खेत । विपद्को बेलामा नेपाली सेना सारथी बन्ने गरेको छ ।
विभिन्न स्थानमा भएका विपद्का घटनामा नेपाली सेनाले खोज तथा उद्धारमा उल्लेख्य काम गरेको जनाएको हो ।
नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर सुर्खेतले आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरि बर्षभर गरिएका कार्यको बारेमा जानकारी दिएको छ ।
गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पका घाइतेको उपचारमा सहयोगदेखि राहत लगायतका कार्यमा नेपाली सेनाले उल्लेख्य काम गरिएको पश्चिम पृतना हेडक्वाटरका महासेनानी सुवास खड्काले जानकारी दिनुभयो ।
एक हजार १४ जना सेना परिचालन गरी भुकम्पमा परेका नागरिकको खोज तथा उद्धार गरिएको महासेनानी खड्काले बताउनुभयो । उहाका अनुसार ५९ हजार ३ सय ८४ केजी राहत भुकम्प प्रभावितहरुलाई वितरण गरिएको छ ।
त्यसैगरी हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाको रिप गाउँका बाढी प्रभावितको उद्धार तथा राहत, जुम्लाको लगायतका ठाउँमा बाढी पहिरो कारण अवरुद्ध सडकहरु खुलाउने लगायतका कामहरु यो बर्ष गरिएको उहाले जानकारी दिनुभयो ।
त्यसैगरी सेनाले कर्णालीका ४ र लुम्बिनीका २ जिल्लामा चालु आर्थिक बर्षको ६ महिनामा २१ वटा आगलागीका घटना भएको र एक सय ९४ जना जनशक्ती परिचालन गरी आगलागी नियन्त्रण गरिएको महासेनानी खड्काको भनाई छ ।
त्यसैगरी राष्ट्रपति महिला उत्थान कार्यक्रम अनुसार सुर्खेत जिल्लाको विरेन्द्रनगर स्थित पश्चिम एयर वेशद्वारा कर्णाली, सुदुर पश्चिम तथा लुम्बिनी प्रदेश अन्तर्गतका विकट स्थानहरुबाट प्रसुती स्वास्थ्यमा जटिलता आएका सुत्केरीहरुलाई हेलिकप्टर मार्फत २०७६ हालसम्म ३ सय ५ जनाको उद्धार गरि प्रसुति सेवा उपलब्ध गराइएको जनाइएको छ ।
चालु आर्थिक बर्ष २०८०÷०८१ को साउनदेखि हालसम्म ३८ जना सुत्केरी महिलाहरुलाई उद्धार गरिएको जनाइएको छ । यो कार्यक्रम लोकप्रिय बन्दै गएको उहाले बताउनुभयो ।
सेनाले गरेका कामको बारेमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उपरथी पृतनापती कृष्णदेव भट्टले पृतनाले गरेका कार्य थाहा पाउने अधिकारलाई सुनिश्चित गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
यसैबिच, नेपाली सेनाले सुर्खेतको वीरेन्द्रनगरमा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
राष्ट्रिय एकताको भावना अभिवृद्धि तथा सेनाद्वारा विगतमा आयोजना गरिएको ‘रन फर युनिटी’ कार्यक्रमलाई निरन्तरता दिदै सेनाले लामो दुरिको दौड प्रतियोगिता आयोजना गरेको छ ।
१२ फागुन शनिबारका दिन वीरेन्द्रनगरमा आयोजित दौड प्रतियोगितामा खासगरी पाँच किलोमिटर र १० किलोमिटरका दौड प्रतियोगिताहरु हुने बताइएको छ ।
पाँच किलोमिटर दूरिको ‘वाकाथन’ दौड प्रतियोगितामामा सरकारी कर्मचारी, प्रदेश सरकार तथा स्नानीय तहका पदाधिकारी, नेपाली सेनाका सकलदर्जा, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय नागरिकलगायतको सहभागिता आह्वान गरिएको छ ।
यसैगरी १२ कक्षासम्म अध्ययनरत विद्यार्थीका लागि महिला र पुरुष गरी छुट्टाछुट्टै पाँच किलोमिटर दूरिको दौड प्रतियोगता रहेको छ ।
१० किलोमिटरको दौडतर्फ पुरुष र महिलाका लागि छुट्टाछुट्टै प्रतियोगिता आयोजना हुने सेनाले जनाएको छ । प्रतियोगितामा एक हजारजनाको सहभागिता रहने अपेक्षा गरिएको सेनाको भनाई छ ।
वीरेन्द्रनगर स्थित खुल्ला मञ्चमा आयोजना हुने दौड प्रतियोगितामा सेनाका गतिविधिहरु प्रर्दशन, साँस्कृतिक कार्यक्रम, शैक्षिक सामाग्री तथा फोटो प्रर्दशनीलगायतका कार्यक्रमहरु रहेको उत्तर पश्चिम पृतना हेडक्वाटरले जनाएको छ ।
दौड प्रतियोगितामा पाँच किलोमिटरतर्फका विजेता, पहिलो–दोस्रो र तेस्रोलाई क्रमश् १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार राशी र प्रमाण पत्र राखिएको छ ।
१० किलोमिटर तर्फका विजेतालाई क्रमश् २० हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार राशीसहित प्रमाण पत्र प्रदान गरिने सेनाले जनाएको छ । पाँच किलोमिटरतर्फको ‘वाल्काथन’ दौडमा सेनाले पुरस्कार भने राखेको छैन ।
विपद्को बेलामा नेपाली सेना सारथी, खोज र उद्धारमा उल्लेख्य काम
विपद्को बेलामा नेपाली सेना सारथी, खोज र उद्धारमा उल्लेख्य काम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
