सुर्खेत । सुर्खेतका स्थानीय तहहरुले अनियमित रुपमा खर्च गर्ने गरेको देखिएको छ ।
सुर्खेतका ९ वटा पालिकाबाट चालु आर्थिक बर्ष २०८०÷०८१ को ६ महिनामा एक सय ८ वटा अनियमिता सम्बन्धिका मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा दर्ता भएका हुन् ।
सबैभन्दा धेरै उजुरी भेरीगंगा नगरपालिकाका रहेका छन् । यो नगरपालिकाबाट चालु बर्षको ६ महिनामा २० वटा उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ । सबैभन्दा कम चिङ्गाड गाउँपालिकाका दुइवटा उजुरी परेको आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।
यस्तै, वीरेन्द्रनगर नगरपालिकाका १८ वटा उजुरी दर्ता हुँदा गुर्भाकोट नगरपालिकाका १७ वटा मुद्धा दर्ता भएका छन् ।
यसैगरी, वराहाताल गाउँपालिका १३ वटा, चौकुने गाउँपालिकाका ११ वटा, पञ्चपुरी नगरपालिकाका १२ वटा उजुरी अख्तियारमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत्का सुचना अधिकारी रामचन्द्र गौतमले बताउनुभयो ।
सीम्ता गाउँपालिकाका ८ वटा र लेकवेशी नगरपालिकाका ५ वटा उजुरी दर्ता भएको सुचना अधिकारी गौतमले जानकारी दिनुभयो ।
सुर्खेतका ९ वटै पालिकाहरुबाट गत बर्ष परेका टुङ्गो लाग्न बाँकी ९१ उजुरी र यो बर्षका एक सय ८ गरी एक सय ९९ उजुरीमध्य अहिलेसम्म १ सय ७२ वटा उजुरी टुङ्गो लागेको सुचना अधिकारी गौतमले जानकारी दिनुभयो ।
यसैबिच, दैलेखका ११ वटा स्थानीय तहबाट एक सय ४० उजुरी दर्ता भएको उहाले जानकारी दिनुभयो । बैभन्दा बढी चामुण्डाबिन्द्राशैनी नगरपालिका ३१ वटा अनियमिता सम्बन्धिका उजुरी दर्ता भएका छन् भने गुराँस गाउँपालिकाबाट पनि ३० वटा अनियमितता सम्बन्धिका उजुरी अख्तियारमा दर्ता भएका छन् । दैलेखमा सबैभन्दा कम ठाटीकाँध गाउँपालिकाबा एउटा मात्रै उजुरी परेको छ ।
कर्णालीका स्थानीय तहबाट पूर्वाधार र विकास निर्माण योजना सम्बन्धिका उजुरीहरु धेरै आउने गरेको अख्तियार सुर्खेतका सुचना अधिकारी गौतमले बताउनुभयो ।
सुर्खेतका पालिकाबाट ६ महिनाको अवधीमा एक सयभन्दा धेरै अनियमितताका उजुरी दर्ता
सुर्खेतका पालिकाबाट ६ महिनाको अवधीमा एक सयभन्दा धेरै अनियमितताका उजुरी दर्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
