काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग( २ को दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल ९ विकेटले विजयी भएको छ। टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेदरल्याण्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ९ विकेटले विजयी भएको हो।
नेपालले २०८ बल बाँकी रहँदा १५।२ ओभरमै लक्ष्य भेट्टाएको हो। नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धसतक प्रहार गर्दै अविजित रहे।
साहले ३६ बलमा ४ छक्का र ६ चौकासहित ५७ रन बनाए। ओपनर शेखले ४५ बलमा १ छक्का र ८ चौक्कासहित ५४ रन बनाउन सफल भए।
त्यस अगाडि ओपनर कुशल भुर्तेलले ११ बलमा ३ छक्का २ चौकासहित २८ रन बनाएर क्याच आउट भएका थिए। नेदरल्याण्ड्सका भिभिएन किंग्माले भुर्तेलको विकेट लिएका हुन् । टस जितेर बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए।
त्यसैगरी ललित राजबंशीले २ विकेट, सोमपाल कामी र रोहित पौडेलले समान १र१ विकेट लिए। उत्कृष्ट फिल्डिङ गर्दै खेलमा भीम सार्की र ललित राजबंशीले एक जनालाई र कुशल मल्लले एक खेलाडीलाई रन आउट गराएका थिए ।
नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाए । त्यसैगरी बास डे लिडले २७ रन, साइब्रान्ड एंगलब्रेक्टले २३ रन,नोआह क्रोसले १२ रन, आर्यन दत्त र म्याक्स ओुडाउडले १०र१० रन बनाए। काइल क्लेनले ११ रन बनाउँदै अविजित रहे । अन्य खेलाडिले दोहोरो अंक बनाउन सकेनन् ।
अनिल र आसिफको अर्धसतकमा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल ९ विकेटले विजयी
अनिल र आसिफको अर्धसतकमा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल ९ विकेटले विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
