सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले वीरेन्द्रनगरका मुख्य चोकहरुमा सरसफाई गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका र वन कार्यालयको समन्वयमा सुर्खेत उद्योग वाणिज्य संघका पदाधीकारी, व्यवसायिक र स्थानीयले संयुक्त रुपमा आज शनिबार वीरेन्द्रनगरका मुख्य चोकहरुमा ससरसफाई गरेका हुन् ।
वीरेन्द्रनगरलाई सफा राख्ने अभियान अन्तरगत वीरेन्द्रचोक, मंगलगढी चोक र चेम्बर मार्ग सरसफाई गरिएको सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कंडेलले जानकारी दिनुभयो ।
प्रत्येक शनिबार नियमित सरसफाई गर्ने र धुलाम्बे बाटोमा पानी हाल्ने काम भइरहेको भन्दै अध्यक्ष कंडेलले बोट बिरुवामा पानी हाल्ने र सरसफाई गर्ने अभियानकै रुपमा संचालन गर्नेगरी नगरपालिकासँग समन्वय भइरहेको जानकारी दिनुभयो ।
सुर्खेतमा यही फागुन १४ देखि शुरु हुन लागेको कर्णाली एक्सपोलाई समेत मध्यनजर गरेर सरसफाई गरिएको उहाको भनाई छ ।
उद्योग वाणिज्य संघ सुर्खेतको आयोजनामा फागुन २२ गतेसम्म सुर्खेतमा कर्णाली एक्सपोको तेश्रो संस्करण हुँदै छ ।

