सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले आगामी तिन बर्षभित्र गरिने कार्ययोजनाहरु सार्बजनिक गरेको छ ।
अस्पतालको बार्षिक उत्सवको पूर्व सन्ध्यमा आज अस्पतालमा गरिएको पत्रकार सम्मेलनमा आगामी तिन बर्षमा गरिने कार्य योजनाको बारेमा जानकारी गराइएको हो ।
जस अन्तरगत अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा संचालन गर्ने प्रमुख योजना रहेको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिनुभयो ।
त्यसका लागि आवश्यक पर्ने कानुन प्रदेश सरकारले चाँडो अगाडी बढाउनुपर्नेमा जोड दिँदै कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनको लागि प्रतिष्ठान आवश्यक रहेको उहाले औँल्याउनुभयो ।
त्यसैगरी तिन बर्षभित्र बालबालिकाहरुको लागि छुट्टै अस्पताल निर्माण गरी संचालन गर्ने योजना बनाइएको भन्दै डाक्टर खड्काले छुट्टै ओपिडी भवन निर्माण गरी संचालन गरीने बताउनुभयो ।
यस्तै, बिरामी कुरुवा घर निर्माण गरि संचालन गर्ने, अस्पतालको तला थप निर्माण कार्य सम्पन्न गरी तिन बर्षभित्र सेवाहरु संचालन गर्ने योजना रहेको निर्देशक डाक्टर खड्काको भनाई छ ।
यस्तै, आगामी एक बर्षभित्र विशेष चिकित्सकद्वरा क्याथ ल्याव सेवा संचालन गर्ने, अस्पताल विकास समितिको दिगो आर्थिक श्रोतको लागि पसल सटर निर्माण गर्ने योजना रहेको बताइएको छ ।
प्रदेश अस्पतालले चालु आर्थिक बर्षभित्र विभिन्न सुधारका काम गरिएको जनाइएको छ । जस अन्तरगत माइनर मोडुलर ओटी निर्माण गरी दैनिक सल्यक्रिया सेवा प्रदान गरिएको, आँखाको सल्यक्रिया शुरु गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी, अस्पतालको तला थप गरिएको, मृगौला प्रत्यारोपनको लागि आवश्यक औजार खरिद गरिएको र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुरको सहकार्यमा २ जना बिरामीको सफलतापूर्वक मृगौला प्रत्यारोपन गरिएको निर्देशक डाक्टर खड्काले बताउनुभयो ।
त्यसैगरी, एमआरआई मेसिन खरिद गरि संचालन गरिएको भन्दै एडभान्स एसबिएको तालिम संचालन गरिएको जनाइएको छ । मुटु रोगको उपचार सेवा पनि चालु आर्थिक बर्षभित्र सुचारु गरिएको जनाइएको छ ।
अस्पतालबाट गत आर्थिक बर्षमा मात्रै एक लाख ९१ हजार ९६६ जनाले ओपिडी सेवा लिएको अस्पतालको तथ्याङ्कमा छ । त्यसैगरी, २१ हजार एक सय ७७ जनाले आकष्मिक सेवा, २३ हजार ६ सय ६५ जनाले अन्तरंग सेवा, बिमामा आवद्ध भएर अस्पतालबाट ९४ हजार ८ सय ४५ जना रहेका छन् ।
अस्पतालमा बार्षिक सेवा लिनेको संख्या बढ्दो रहेको अस्पताल प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।
यसैबिच, अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले आफ्ना उपलब्धि सार्वजनिक गर्नुभएको छ । डाक्टर खड्काले आफुले ८ वर्षमा गरेहका प्रमुख ८ उपलब्धि सार्वजनिक गर्नुभएको हो ।
आफुले ८ बर्षको अवधीमा भौतिक पूर्वाधारमा अस्पतालमा मारेको फड्को, अस्पतालमा जनशक्ति तेब्बर बनाइएको, अत्याधुनिक स्वास्थ्य उपकरण खरिद गरि संचालन गरिएको बताउनुभएको छ ।
यस्तै, डाक्टर खड्काले सेवा विस्तार र सुधार, उच्चस्तरीय स्वास्थ्य सेवा, कोरोनासँग साहसिक लडाइँ, समन्वय–सहकार्य मूलमन्त्र र सेवाग्राहीको विश्वास आर्जन गरेर ८ वटा मूख्य उपलब्धि ८ वर्षको समयमा हासिल गरेको जानकारी दिनुभएको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतको योजनाः तिन बर्षमा स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन गरिने
कर्णाली प्रदेश अस्पताल सुर्खेतको योजनाः तिन बर्षमा स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन गरिने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु