काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको छ ।
महामन्त्री गगन थापाले महासमिति बैठकमा पेश गर्ने सांगठनिक प्रतिवेदनमा सहमति जुट्न नसकेपछि देउवाले शीर्ष तहका नेतालाई छलफलका लागि बोलाउनुभएको हो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापतिले शीर्ष तहका नेताको बैठक डाकेको जानकारी दिनुभयो ।
देउवा निवास बुढानिलकण्ठमा ५ बजे बस्ने गरी बैठक बोलाइएको छ । प्रतिवेदनका विषयमा छलफल गर्न बैठक डाकिएको विश्वकर्माले जानकारी गराउनुभयो ।
निर्वाचनमा गठबन्धन गर्न नहुने गरी थापाले सांगठनिक प्रतिवेदन तयार गरेपछि त्यसको विरोधमा संस्थापन पक्ष देखिएको छ ।
गठबन्धन गर्ने÷नगर्ने तत्कालीन अवस्थामा निर्भर हुने भन्दै महामन्त्री थापाले प्रतिवेदनमा समावेश गरेको उक्त प्रसंग हटाउनुपर्ने संस्थापन पक्षको माग छ ।
महामन्त्रीले निर्वाचन अघिको गठबन्धन नगर्ने संकल्प प्रस्ताव बैठकबाट पारित गर्ने गरी प्रतिवेदन तयार गर्नुभएको छ ।
सहमति जुटाउनका लागि शनिबार देखि पटक पटक छलफल भएको थियो । आइतबार विहान भएको सभापति देउवा र गगनको छलफलमा पनि सहमति नजुटेपछि पुन बैठक बोलाइएको हो ।
मंगलबार विहान प्रस्तुत हुने प्रतिवेदनमा हालसम्म सहमति जुट्न नसकेपछि नेताहरु छलफलमा बस्न उद्धघाट्न सत्र छोट्याइएको थियो ।
बैठकमा पदाधिकारीमा सभापति देउवा, उपसभापति धनराज गुरुङ र महालक्ष्मी उपाध्याय ‘डिना’ ले मात्रै धारणा राखेका छन् ।
गगन थापाको प्रतिवेदनमा सहमति खोज्न देउवाले बोलाए शीर्ष नेताको बैठक
गगन थापाको प्रतिवेदनमा सहमति खोज्न देउवाले बोलाए शीर्ष नेताको बैठक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
