सुर्खेत । कर्णाली प्रदेश सरकारले यसअघि पटक पटक सरेको लगानी सम्मेलनको मिति, तोकेको छ।
मन्त्रीपरिषद बैठकले आउँदो वैशाख १९ र २० गते लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।
यसअघि फागुन महिनाभित्रै लगानी सम्मेलन गर्ने भने पनि तयारी नपुगेको भन्दै सारिएको थियो थियो।
प्रदेश सरकारले ०७६ देखिनै लगानीकर्तालाई आकर्षित गराउने भनेर लगानी सम्मेलनको तयारी भएको कर्णालीमा अहिलेसम्म सम्मेलन हुन सकेको छैन ।
प्रदेश सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा निर्देशन समिति पनि गठन भएको बताउनु भयो।
समितिमा मन्त्री, सचिवदेखि योजना आयोगका पदाधिकारी रहेका भन्दै उहाँले अब अन्य समितिहरू पनि गठन हुने बताउनु भयो।
केन्द्र सरकारले वैशाखमै लगानी सम्मेलन गर्ने भएकाले कर्णालीमा पनि त्यसै अनुसार सम्मेलनको मिति तोकिएको हो ।
प्रदेश योजना आयोगले प्रारम्भिक रूपमा २० भन्दा बढी बुँदामा लगानीकर्ताहरू समक्ष पेस गरिने आयोजनासहितको प्रस्तावित मस्यौदा मुख्यमन्त्री शर्मालार्इ बुझार्इसकेको छ।
प्रस्तावमा कर्णालीको जलश्रोत, जडिबुटी र कृर्षीका साथै रैथाने उत्पादनमा जोड दिर्इएको छ।
बैशाख १९ र २० गते कर्णालीमा लगानी सम्मेलन हुने
बैशाख १९ र २० गते कर्णालीमा लगानी सम्मेलन हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

