सुर्खेत । प्रहरीमा जागिर लगाइदिने भनेर बलात्कार गरेको आरोपमा प्रहरीले दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवालाई पक्राउ गरेको छ।
प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले काठमाडौंबाट उहाँलार्इ पक्राउ गरेको हो।
जाजरकोट घर भएका युवतिले फेसबुकमार्फत चिनजान भएका तिरुवाले बलत्कार गरेको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।
तिरुवाले जागिर लगार्इदिने बिश्वासमा पारेर आफूलार्इ गत माघ सात गते काठमाडौंको सुन्धारामा रहेको होटलमा लगेर बलत्कार गरेको उजुरी परेको प्रहरीको भनार्इ छ।
आरोपित तिरुवाले भने आफूहरु होटलमा गएपनि युवतिले बाहिर निस्किएर कोठाको चुकुल लगाएको र प्रहरी आएर आफूलार्इ समातेको दाबी गर्नुभएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान सकेर तिरुवा बिरुद्द जबर्जस्ती करणीको कसूरमा सजायको माग गर्दै काठमाडौंमा जिल्ला अदालत मुद्दा दर्ता भएको जनाएको छ ।
जागिरी लगाइदिने लोभ देखाएर बलात्कार, एकजना पक्राउ
जागिरी लगाइदिने लोभ देखाएर बलात्कार, एकजना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
