सुर्खेत । कर्णालीको पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र कला संस्कतीको जगेर्ना गर्ने उद्देश्यका साथ यही फागुन १४ गतेदेखि २२ गतेसम्म शुरु हुन लागेको कर्णाली एक्सपोको तेश्रो संस्करणमा विविध आकर्षण रहने भएका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको कर्णाली एक्सपोको तेश्रो संस्करणमा कर्णालीलाई चिनाउने र पर्यटन प्रवद्र्धन गर्नेगरी विभिन्न आकर्षण रहने भएका हुन् ।
महोत्सव अवधीभर प्याराग्लाइडिङदेखि घोडा सवारसम्म गर्न सकिनेगरी व्यवस्थापन गरिएको आयोजक सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ ।
फिनिकाँडादेखि वीरेन्द्रनगरसम्म प्याराग्लाइडिङमा यात्रा गर्न सकिने भन्दै आयोजक सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले अन्य बेला लाग्ने शुल्कभन्दा पाँच सय रुपैयाँ छुट हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार महोत्सव अवधीभर घोडा सवार पनि गर्न पाइने भएको छ । ५० रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म पार्कीङ स्थलदेखि महोत्सवको गेटसम्म घोडामा सवार गर्न पाइने छ ।
पर्यटन प्रवद्र्धन गर्नको लागि कर्णालीका विभिन्न पर्यटकीय क्षेत्रमा घुमाउने व्यवस्था समेत गरिएको उहाले जानकारी दिनुभयो । उहाले भन्नुभयो, “भिजिट कर्णाली प्रालिसँगको सहकार्यमा विशेष छुटमा कर्णालीका विभिन्न ठाउँमा घुम्न चाहाने व्यक्तीहरुलाई समेत आरामदायी यात्राका साथ भ्रमण गराउने समेत व्यवस्था गरिएको छ, यसले हाम्रा कर्णालीका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा समेत सघाउ पुग्ने अपेक्षा लिएका छौँ,”
त्यसैगरी महोत्सवको मुख्य गेटमा देउती बज्यैको मन्दीर झल्किने मुर्ती रहने छ । भने मुख्य गेटभन्दा भित्र काक्रेबिहारको मुख्य मन्दीर र कर्णालीका पर्यटकीय स्थलहरुको हातले बनाएको तस्विरहरु राखिने जनाइएको छ । महोत्सवभित्र फ्रि वाइफाईको समेत रहने भण्डारीले बताउनुभयो ।
कर्णालीमा पाइने खानाहरुको परिकारहरु राख्नेगरी स्वच्छ, सफा होटेलहरु, कृषि र घरेलु उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको छुट्टै स्टलमा राखिने जनाइएको छ ।
कर्णालीलाई झल्काउने कला संस्कृती रहने
महोत्सवभित्रै मुर्ती कुदेर कर्णालीका कला संस्कृती झल्किने खालका मुर्तीहरु राखिने आयोजकले जानकारी दिएको छ ।
मौलिक कलालाई प्रदर्शन गर्ने उद्देश्यले विभिन्न प्रतियोगिता समेत हुने छ । विद्यालय स्तरिय मौलिक नाच प्रतियोगिता हुने छ । भने लोकदोहरी प्रतियोगितासँगगै कर्णालीका देउडा, टप्पा, सिङ्गारु लगायत विभिन्न जातजातिका मौलिक कला संस्कृतीहरुको प्रतियोगिता गरिने महासचिव भण्डारीको भनाई छ ।
“खस सभ्यताका हाम्रा कला संस्कृतीहरु धेरै छन्, तिनको प्रवद्र्धन र संरक्षण गर्नु हाम्रो दायित्व हो । यो पटक संचालन हुने कर्णाली एक्सपो अन्तरगतको तेश्रो संस्करणमा जुम्ला हुम्लामा गाइने देउडा, सल्यान रुकुमको टप्पा, सिङ्गारु, हुड्के नाच, मगर गुरुङ्ग र थारु समुदायका कला प्रदर्शन गरी यहाँको कला संस्कृतीलाई चिनाउने र संरक्षणमा सघाउ पुर्याउने योजना छ”, भण्डारी भन्नुभयो ।
उहाँका अनुसार विद्यालय स्तरिय आर्ट प्रतियोगिता पनि संचालन गरिने छ । भने उत्कृष्ट १० जनालाई छनौट गरी कर्णालीका भाषा, संस्कृती बनाउने तिनजनालई पुरस्कृत समेत गरिने छ । जस अन्तरगत प्रथमलाई १५ हजार, दोश्रोलाई १० हजार र तेश्रोलाई पाँच हजार पुरस्कार प्रदान गरिने छ ।
कर्णालीका रैथाने खानाको स्वाद लिने पाइने
महोत्सव अवधिभर कर्णालीका रैथाने परिकारहरुको समेत स्वाद लिन पाइने छ । भने रैथाने उत्पादनहरुको समेत प्रदर्शन हुने आयोजको भनाई छ ।
विशेषगरी मार्सी धानको भात, कोदो, सिमी कागुनो लगायतबाट बनेका परिकारहरुको स्वाद चाख्न पाइनुका साथै प्रदर्शनी स्टलहरु पनि राखिने छ ।
त्यसैगरी, कर्णालीका विभिन्न जातिका परिकारहरुको समेत प्रदर्शन हुने आयोजक उद्योग वाणिज्य संघले जनाएको छ ।
खासगरी महोत्वसवमा केही नयाँ सन्देश कर्णालीबाट दिन खोजिएको भन्दै उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव भण्डारीले कर्णालीमा बैशाखामा हुन लागेको लगानी सम्मेलनलाई समेत सघाउ पुग्ने दाबी गर्नुभयो ।
उहाँका अनुसार महोत्सव अवधिभर कर्णालीमा लगानीमा लगानी भित्र्याउन र कर्णालीको विकासका लागि विभिन्न विषयमा विज्ञहरुसँग बिहान ९ बजेदेखि ११ बजेसम्म बहस समेत हुने छ ।
वहसमा कर्णालीका उत्पादन, पर्यटन, हाइड्रो, कला संस्कृती, विकास निर्माण, युवा परिचाल युवा सहभागिता, युवा उद्यमशिलता, युवा पलायन, महिला सहभागिता र नेतृत्व, नीति र नेतृत्व, शिक्षा, स्वास्थ्य लगायतका विषयमा विज्ञह, नीति निर्माता लगायतसँग टक स्व गरिने जनाइएको छ ।
महोत्सवमा पाँच सय स्टलहरु रहने छन् । महासचिव भण्डारीले भन्नुभयो, “कर्णाली एक्सपोलाई प्रदेशका सबै संघसंस्था र नागरिकले आपनत्व लिनुपर्छ, किनभने यसले कर्णालीको समग्र विकासको लागि सहयोग पुर्याउने विश्वास छ ।”
महोत्वसको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले गर्ने अयोजकले जनाएको छ ।–––
कर्णाली एक्सपो: प्याराग्लाइडिङदेखि घोडा सवारसम्मका आकर्षण रहने
कर्णाली एक्सपो: प्याराग्लाइडिङदेखि घोडा सवारसम्मका आकर्षण रहने
"रैथाने खानाका परिकार र प्रदर्शनी "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
