मध्यपश्चिम विश्वविद्यालय (एमयू) सुर्खेत र डैफोडिल इंटरनेशन युनिभरसिटी (डीआईयु) बंगलादेशवीच शैक्षिक सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बंगलादेशको ढाका स्थित बिरुलिया, सावरमा बुधबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र डैफोडिल इन्टरनेशन युनिभरसिटीका उपकुलपति एम. लुत्फर रहमानवीच एक आपसमा शैक्षिक सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
विद्यार्थी आदानप्रदान, संकाय आदानप्रदान, शोध, अनुसन्धान आदानप्रदान, इन्टर्न एक्सचेन्ज, छात्रवृत्ति अवसर लगायत शैक्षिक सहकार्यका लागि एमयु र डीआईयुवीच समझदारी पत्र (एमओयु) भएको छ । एमओयू कार्यक्रमपछि डीआईयुका उपकुलपति रहमानले डीआईयुको स्वास्थ्य तथा जीवन विज्ञान सङ्काय अन्तर्गत फार्मेसी विभागमा भिजिटिङ पदका लागि एमयुका उपकुलपति सिंहलाई नियुक्त पत्र हस्तान्तरण गर्नुभएको छ ।
त्यसअघि भएको विश्वविद्यालय सेमिनारमा विश्वविद्यालयको स्वायत्तता र २१ औं शताब्दीमा मध्यपश्चिम विश्वविद्यालयको रुपान्तरणात्मक सुधारहरुको बारेमा आफ्नो प्रस्तुति दिनुभएको थियो । उहाले
डीआईयुका अधिकारी तथा विद्यार्थीहरुलाई ’आणविक’ विषय अन्तरगत नेपालंबाट एप्लाईट एथनो जीनोमिक्सका साथ एमयूका उपकुलपति सिंहले आधुनिक मानवका लागि उपयोगि प्रवृत्ति र प्रविधिहरुका बारेमा समेत जानकारी दिनुभयो ।
डीआईयुका अन्तर्राष्ट्रिय मामिलाका उपनिर्देशक सैयद रैहान–उल–इस्तामले उपकुलपति सिंहलाई डीआईयुका विभिन्न र संस्थानहरुको विभाग अबलोकन गराएको एमयुका सूचना तथा सञ्चार विज्ञ पञ्चदेव
भट्टले बताउनुभयो ।
एमयु र डीआईयुबीच समझदारी
एमयु र डीआईयुबीच समझदारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
