सुर्खेत । सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुलाई ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयन गर्न माग गरिएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको आयोजनामा हामीलाई पनि समावेश गर परियोजना अन्तर्गत स्थानीय पहुँच परिक्षण तथा जनवकालत समूहले यस्तो माग गरेको हो ।
बिहीवार आज जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई भेटे उनीहरुले यस्तो माग राखेका हुन् ।
प्रमुख जिल्ला अधिकारी समक्ष सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट र बैंक तथा वित्तिय संस्थामा पहूँचयुत्तताको माग गरेका हुन ।
जनवकालत समूहका संयोजक बसन्त जैशीले नेपालको संविधान २०७२ को भावना र मर्म अनुरुप अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को परिच्छेद ८, अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत र सुविधाको दफा ३७.२ अनुसार सवारी साधनको धनी वा सञ्चालकले तोकिए बमोजिमका अपाङ्गता भएका व्यक्तिलाई बस, रेल, हवाईजहाज जस्ता सार्वजनिक सवारी साधनबाट यात्रा गर्दा यात्रु भाडामा पचास प्रतिशत छुट गराउनुपर्नेछ भन्ने प्राबधान हुँदा हुँदै पनि यातायात समिति प्रा.लि.मा गएको निहुँ बनाई भाडामा छुट नदिएको उल्लेख गरिएको छ ।
संयोजक जैशीले अपाङ्गता भएका व्यक्तिलाई छुट माग्न सम्बन्धित् टिकट काउन्टरमा पुग्दा छुट नदिनु भनि प्रालिले पत्राचार गरेको हुँदा दिन मिल्दैन भनि दुव्यवहार गर्ने गरेको, आरक्षण सिटको पनि व्यवस्था नगरेको, टिकट काउन्टरमा जाँदा पनि गाडिमा गएर बस्नुस भन्ने जस्ता व्यवहार हुनेगरेको बताउनुभयो ।
यसैगरी अपाङ्गता भएका व्यक्तिलाई सेवा लिदा लाइनमा बस्नुपर्ने, बहिरा अपाङ्गता भएकाको हकमा सेवा लिन असहज हुनेगरेकोले सरकारी कार्यालयमा एक जना कर्मचारीको व्यवस्था गर्न अपाङ्ग महासंघका जितलाल ढकालले माग गर्नुभयो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले संविधानमा व्यवस्था भएका कुरा कार्यान्वयनमा जोड दिने बताउनुभयो ।
उहाले अपाङ्गता भएका व्यक्तिले राखेका सवाल जायज भएको र सम्बन्धित कार्यालयलाई कार्यान्वयनका लागि आवश्यक निर्देशन दिने समेत बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तीहरुलाई सार्बजनिक यातायातमा दिइने छुट कार्यान्वयन गर्न माग
अपाङ्गता भएका व्यक्तीहरुलाई सार्बजनिक यातायातमा दिइने छुट कार्यान्वयन गर्न माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
