सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ गैरी चोकमा गोली प्रहार गर्नेहरुलाई प्रहरीले सार्वजनिक गरेको छ।
नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
प्रकाउ पर्नेमा वीरेन्द्रनगर ४ का राजन गिरी,कैलाली गौरीगंगा नगरपालिकाका बर्ष १८ का इन्द्र विक, त्यही ठाउँका बर्ष १८ का भरत भुल, र भारतिय नागरिक बर्ष १९ का रोहित राजपुत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले बताउनुभयो।
नेपालगञ्जमा शंकित ब्यक्तिले ईन्द्र बिकलाई १ नाल कटुवा पेस्तोल र २ राउण्ड गोली उपलब्ध गराएको र उनिहरुले यो घटनामा संङलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
उनिहरुको बयानको आधारमा केही व्यक्ती पनि जोडिएकाले थप अनुसन्धान भइरहेको भन्दै खड्काले छिटै घटनाको वास्तविकता बाहिर आउने बताउनुभयो।
राजपुतलाई पेस्तोल उपलब्ध गराइ दुइ लाख दिने सहमती समेत गरेको जनाइएको छ।
उनिहरुलाइ जिल्ला अदालत सुर्खेतबाट सातदिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गोली प्रहार गरेको आरोपमा प्रकाउ परेका चारजना सार्वजनिक
गोली प्रहार गरेको आरोपमा प्रकाउ परेका चारजना सार्वजनिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
