सुर्खेत । पुर्वीसुर्खेत सिम्ता गाउँपालिका जामुने वजारमा मोटरसाइकल र ट्याक्टर ठोकिदा मोटसाइकलमा सवार एकजनाको ज्यान गएको छ।
सिम्ता गाउँपालिका वडा नं ६ को जामुने वजारमा भएको दुर्घटनामा परेर वीरेन्द्रनगर वडा ३ का वर्ष २९ का विजय रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जाजरकोट तर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल र जामुनेवजार देखि राकम तर्फ आउँदै गरेको भे १ त ४५ नम्बरकाव् ट्याक्टर वजारमै ठोकिएको प्रहरीले बताएको छ।
यस्तै घटनामा मोटरसाइकल चालक वीरेन्द्रनगर १ का वर्ष २३ का रुपेश गिरीको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ।
ट्याक्टर ठोकिदा एकजनाको मृत्यू
ट्याक्टर ठोकिदा एकजनाको मृत्यू
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
