सुर्खेत । कर्णाली एक्सपो सञ्चालनका लागि बाटो खुलेको छ । उच्च अदालत सुर्खेतले मेला सम्बन्धि अन्तरिम आदेश जारी नहुने बताएसँगै एक्सपो सञ्चालनका लागि बाटो खुलेको हो ।
सोमबार निवेदकका तर्फबाट उपस्थित बरिष्ठ अधिवक्ता भूषण कुमार मानन्धर तथा अधिवक्ता प्रकाशबाबु ऐडी, दुर्गा प्रसाद सापकोटा, मातृका प्रसाद खनाल, गिता कुमारी कोइराला, विनोदमणी भट्टराई, लबन न्यौपाने र शेरबहादुर खत्रीले बहस गरेका थिए भने विपक्षी वीरेन्द्रनगर नगरपालिकाको कार्यालय सुर्खेत समेतका तर्फबाट अधिवक्ता कृष्ण बहादुर हमाल, ध्रुव कुमार श्रेष्ठ र उत्तम प्रसाद आचार्यले बहस गरेका थिए ।
आदेशमा भनिएको छ, ‘यसमा तेस्रो कर्णाली एक्सपो २०८० फागुन १४ देखि २२ गते सम्म संचालन हुने स्थल खेलमैदान, मेला र महोत्सव गर्ने भन्ने रहेको र बालमन्दिर विद्यालयको पठन पाठन सकिएर मिति २०८०÷१२÷०१ देखि परीक्षा संचालन हुने भन्ने देखिँदा यस अदालतबाट मिति २०८०÷११÷११ मा भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन । कानुन बमोजिम गर्नु ।’
हेर्नुहोस् अदालतको आदेश