सुर्खेत । कर्णाली प्रदेशमा जम्मा खेतीयोग्य जमिनमध्य २९ प्रतिशत जमिनमा मात्रै सिंचाई सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिंचाई सुविधा नपुगेको पाइएको छ ।
राष्ट्रिय कृषि गणना २०७८ अनुसार २९ प्रतिशत जमिनमा मात्रै सिंचाई सुविधा पुग्दा ७१ प्रतिशत खेती योग्य जमिनमा सिंचाई सुविधा पुग्न नसकेको हो ।
प्रदेशका ५७ प्रतिशत कृषकको पहुँचमा सिंचाई सुविधा पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ ।
कर्णालीमा एक लाख २३ हजार ६ सय ६२ हेक्टर क्षेत्रफल जमिनमा खेती हुँदै आएको तथ्याङ्कमा जनाइएको छ ।
जसमध्य २९ हजार २ सय ४१ हेक्टर क्षेत्रफलमा धान, ४० हजार ८३ हेक्टर क्षेत्रफलमा मकै, ५१ हजार २६ हेक्टर क्षेत्रफलमा गहुँ, ३ हजार ३ सय १द्द हेक्टर क्षेत्रफल जग्गामा तरकारी खेती हुँदै आएको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशमा सबै खेतीयोग्य जमिनमा सिंचाई सुविधा नपुग्दा भनेअनुसारको उत्पादन समेत हुन सकेको छैन् । जसले गर्दा पर निर्भरता बढ्दै गएको कृषि विज्ञहरु बताउछन् ।
यता, प्रदेश सरकारले भने आशिंक र पूर्णकालिन गरी ६८ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको दाबी गरेको छ ।
प्रदेशको कृषि निर्देशनालयका अनुसार ४२ हजार हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिंचाई सुविधा पुगेका छ । निर्देशनालयका निमित्त निर्देशक चित्र बहादुर रोकाय भन्नुहुन्छ, “कर्णालीमा खेती हुँदै आएको क्षेत्रफलको ६८ प्रतिशतमा पूर्ण आशिंक रुपमा सिंचाई पुगेको छ, सिंचाई सुविधा नपुगेका क्षेत्रमा पनि सिंचाई पोखरी निर्माण गर्ने, लिफ्टिङ गरेर श्रोत नभएका ठाउँमा सिंचाई सुविधा पुर्याउनेगरी कार्यक्रम भइरहेका छन्,” उहाले अघि भन्नुभयो, “अबको केही बर्षभित्र सबै खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुग्छ ।”–––
कर्णाली प्रदेशमा २९ प्रतिशत जमिनमा मात्रै सिंचाई सुविधा
कर्णाली प्रदेशमा २९ प्रतिशत जमिनमा मात्रै सिंचाई सुविधा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

