सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले फोहोरलाई मोहरको रुपमा रुपान्तरण गर्न शुरु गरेको छ । फोहोर तथा दिसाजन्य लेदोजन्य व्यवस्थापनगर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्न थालेको जनाएको हो ।
फोहरबाट उत्पादित ग्यासबाट परिक्षणको लागि अहिले १६ वटा अटो रिक्सा संचालन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले अनुदानमा दिएका अटो रिक्साहरुलाई ग्यासबाट संचालन गर्न शुरु गरिएको जनाइएको छ ।
नगरपालिकाले अनुदानमा संचालन गरिरहेका अटो रिक्साहरुमध्य १६ वटामा ग्यासबाट चल्ने प्रविधि जडान गरी परिक्षण गरिएको भन्दै नगरपालिका वातावरण शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो । उहाले भन्नुभयो, “नगरपालिकाले अहिले फोहोरबाट ग्यास र मल उत्पादन शुरु गरेको छ, एकातिर फोहोरको व्यवस्थापन पनि भइरहेको छ भने अर्कोतर्फ ग्यासबाट अटो रिक्साहरु संचालन गर्न शुरु गरिएको छ, यसले पेट्रोलियम पदार्थको खपत समेत घटाउने छ,”
वीरेन्द्रनगरले महिलाहरुको लागि अनुदानमा अटो रिक्साहरु दिएको छ । ति रिक्साहरुलाई अब फोहोरबाट उत्पादित ग्यासबाट संचालन गर्न शुरु गरिएको भन्दै पौडेलले ग्यासबाट चल्न सक्नेगरी परिक्षण सफल भएकाले अब वीरेन्द्रनगरलाई सफा शहर बनाउन सहज हुने बताउनुभयो ।
अहिले दैनिक ३० टन जति फोहोर उत्पादन हुँदै आएकोमा ५७ देखि ६० प्रतिशत कुहिने फोहोर रहेको जनाइएको छ ।
उत्पादित फोहोर मध्ये १९ टन फोहोर अनिवार्य व्यवस्थापन गर्नुपर्ने बाध्यता छ भने बाँकी ११ टन फोहोर भने स्थानीय स्तरमै व्यवस्थापन हुँदै आएको वीरेन्द्रनगरले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले सुन्दर नेपाल संस्था र एसएनभी नेपालको समन्वय पत्रकारसँग भएको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
नगरमा प्रत्येक दिन ५ जनाको एउटा घरबाट तीनसय ग्राम फोहोर उत्पादन हुने गरेको छ भने हरेक दिन ५ ट्रक दिशाजन्य फोहोर व्यवस्थापन हुँदै आएको छ ।
केही वर्ष पहिले विकास बजेटबाट फोहोर व्यवस्थापनमा खर्च गर्दै आएको वीरेन्द्रनगरले अहिले फोहोरबाट आम्दानी गर्न सुरू गरेको जनाएको छ । फोहोरबाट आम्दानी समेत सुरू भएको उहाँको भनाई छ ।
अहिले वीरेन्द्रनगर ८ को समुदायस्तरमा नै फोहोर व्यवस्थापन सुरू गरेको, वीरेन्द्रनगरको प्रगति नगरमा कौशीखेती सुरू गरिएको, करिव ३५ करोडको लागतमा वातावरण मैत्री वीरेन्द्रनगर १ तारेभिरमा दिशाजन्य फोहोरको दीगो व्यवस्थापन सुरू गरेको समेत जानकारी गराइएको छ ।
फोहोरलाई मोहर बनाउदै वीरेन्द्रनगरः फोहोरबाट ग्यास उत्पादन गरी सवारी संचालन
फोहोरलाई मोहर बनाउदै वीरेन्द्रनगरः फोहोरबाट ग्यास उत्पादन गरी सवारी संचालन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
