सुर्खेत । सुर्खेतका अपाङ्गता भएका व्यक्तीहरुले आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेटलाई लैङ्गिक तथा अपाङ्गता उत्तरदायी बनाउन सुझाव दिएका छन् ।
युएनपिआरपिडी र युन वमनको आर्थिक सहयोग, राष्ट्रिय आदीबासी जनजाती अपाङ्ग महिला संघ, नेपालको साझेदारीमा अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्रको अयोजनामा लैङ्गिक अपाङ्गता उत्तरदायी नीति कार्यक्रम र वजेट बनाउनका निम्ति पैरवीका सवालको पहिचान विषयक परामर्श बैठकमा सहभागि व्यक्तीहरुले यस्तो सुझाव दिएका हुन् ।
उनिहरुले अपाङ्गता भएका व्यक्तीहरुलाई शिक्षामा पहुँच पुर्याउनेगरी वजेट निर्माण गर्न प्रदेश र स्थानीय तहलाई सुझाव दिइएको छ ।
त्यसैगरी, अगाामी नीति कार्यक्रम र वजेटमा सांकेतिक भाषाको लागि व्यवस्था गर्नुपर्ने, अपाङ्गता भएका महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धि ध्यान दिनुपर्ने, अपाङ्गता भएका व्यक्तीहरुलाई जलवायु परिवर्तनले पार्ने समस्याबारे जानकारी लिनुपर्ने, अपाङ्गता भएका व्यक्तीहरु मध्यबाट पनि सिमान्तकृत परेका वर्गको पहिचान गर्नुपर्ने सुझाव दिइएको छ ।
यस्तै, स्थानीय सरकारले गर्ने कार्यक्रममा अपाङ्गता भएका व्यक्तीहरुलाई अनिवार्य सहभागिता गराउनुपर्ने, भौतिक तथा पूर्वाधार विकासको लागि गठन गरिएका समितिहरुमा अपाङ्गता भएका व्यक्तीहरुको अनिवार्य सहभागिता गराउनुपर्ने, नेपाल सरकारले निशुल्क रुपमा दिने औषधी अनिवार्य रुपमा सहज ढङ्गले उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
यसैगरी, अपाङ्गता परिचय पत्र वञ्चित भएका व्यक्तीहरुलाई परिचय पत्र उपलब्ध गराउनको लागि वडा वडामा समिति गठन गर्नुपर्ने माग परामर्श बैठकबाट गरिएको समुहमा सहभागि संगिता बरालले बताउनुभयो ।
यसैबिच, अपाङ्गताको क्षेत्रमा वजेट छुट्याउन कञ्जुस्याई हुने गरेको छलफलमा सहभागिहरुले बताएका छन् । आगामी बर्षदेखि बजेट बढाउनुपर्नेमा समुहको छलफलमा सहभागी मयारामा जैसीले माग गर्नुभयो ।
उहाले वजेटमा अपाङ्गताको सवालहरु समेट्न नसकिएको भन्दै यतातर्फ स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
लैङ्गिक अपाङ्गता उत्तरदायी नीति कार्यक्रम र वजेट बनाउनका निम्ति पैरवीका लागि वीरेन्द्रनगर र वराहातालमा कार्यक्रम लागु गरिएको अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्र सुर्खेतका अध्यक्ष विष्णु भट्राइले जानकारी दिनुभयो ।
उहाका अनुसार पालिकामा अपाङ्गता भएका व्यक्तीहरुको समिति समेत गठन गरी पैरवी गर्ने काम गर्ने गरिएको छ ।
नीति, कार्यक्रम र बजेटलाई लैङ्गिक तथा अपाङ्गता उत्तरदायी बनाउन सुझाव
नीति, कार्यक्रम र बजेटलाई लैङ्गिक तथा अपाङ्गता उत्तरदायी बनाउन सुझाव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
