सुर्खेत । हुलाक सेवाको पुनःसंचना गर्ने तयारी थालिएको छ ।
सरकारले एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको कार्यालय संरचना परिवर्तन गर्ने निर्णय गरेसँगै सेवाको पुनःसंरचना गर्ने तयारी थालिएको हो । अब एक स्थानीय तह एक हुलाक कार्यालय रहनेगरी कामलाई अगाडी बढाइएको जनाइएको छ ।
यस सन्दर्भमा मंगलबार आज सुर्खेत वीरेन्द्रनगरमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले हुलाक सेवालाई पुनःसंरचनासँगै अब समयअनुसारको सेवा दिनुपर्नेमा जोड दिएका छन् ।
उनिहरुले प्रविधिको बढ्दो विकाससँगै हुलाक सेवामा केही चुनौती देखा परेको भन्दै समयअनुसार यसको सेवालाई परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले हुलक सेवाको लामो इतिहास रहेको भन्दै यसलाई समयअनुसार परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाले विश्वस्नीय सेवाको रुपमा रहेको हुलाक सेवालाई अझै समय सान्दर्भिक बनाउनको लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गगन सुनारले विगतमा सुचनाको विश्वस्नीयतासँग जोडिएको हुलाक सेवको विस्तार स्थानीय तहसम्म हुँदा अझै प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारुले विकसित देशहरुमा हुलाक सेवालाई फराकिलो बनाइएको बताउँदै नेपालमा पनि हुलाक सेवाको प्रभावकारिता बढाउँदै लैजानुपर्ने सुझाव दिनुभयो ।
लामो समयपछि हुलाक सेवा पनि संघियताको मोडलमा जान थालेको बताउँदै अब यसको सेवा फराकिलो हुने उहाले विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष निम बहादुर केसीले बढ्दो प्रविधिको विकासले हरेक क्षेत्रमा चुनौती थपिरहेको बेलामा पुराना सञ्चार माध्यमहरुको भुमीका बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाले हुलाक सेवालाई नयाँ पुस्ताको आकर्षण बनाउपर्नेमा जोड दिँदै एक स्थानीय तह एक हुलाक कार्यालय स्थापनाको लागि गाउँपालिका राष्ट्रिय महासंघ सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै हुलाक सेवा विभागका महानिर्देशक प्रदिपराज अधिकारीले हुलाकबिना सरकारी नीकायका काम समेत अधुरो हुने भन्दै यसको प्रभावकारिताका विषयमा आम जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।
उहाले अदालतदेखि पत्रकारिता क्षेत्रमा हुलाकले सेवा दिइरहेको भन्दै गत बर्ष मात्रै २० लाख मानिसहरु हुलाक सेवाबाट लाभाम्बित भएको बताउँदै हुलाक सेवा प्रभावकारी रहेको बताउनुभयो ।
उहाले यसको विश्वस्नीयतका अझै बढाउने प्रतिवद्धता जनाउँदै नविनतम तरिकाले अगाडी बढिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डागी लगायतको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रम हुलाक विभागका धु्रव आचार्यको पहलमा सुर्खेतमा आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रममा उहाले आफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।
हुलाक सेवालाई सरकारले केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय गरेको छ । यसअनुसार अब सबै स्थानीय तहमा एउटा हुलाक कार्यालय हुनेछन् । त्यही अनुरुप हुलाक सेवालाई प्रत्येक पालिकामा लैजाने तयारी थालिएको हो ।
अब एक स्थानीय तह एक हुलाक कार्यालय
अब एक स्थानीय तह एक हुलाक कार्यालय
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
