सुर्खेत । कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउन कनक्लेभ आयोजना हुने भएको छ । पर्सी शुक्रबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा कनक्लेभ सुरु हुन लागेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको आयोजनामा कनक्लेभ वहस हुन लागेको हो । यस विषयमा मन्त्रालयमा आज पत्रकार भेटघाट गरी कार्यक्रमको बारेमा जानकारी गराइएको छ ।
कर्णाली प्रदेशको डिजिटलाइजेसन, डिजिटल साक्षरता विकास रूपान्तरणको लागि कनक्लेभ गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले जानकारी दिनुभयो ।
दुई दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग अपेक्षा रहेको उहाले बताउनुभयो ।
राष्ट्रिय तथा स्थानिय सरोकारवालाहरुसँग सहकार्य गर्दै स्थानीय उत्पादन, कृषी, शिक्षा र पर्यटनलाई प्रविधिमार्फत विस्तार र प्रवद्धन गर्नपनि कन्क्लेभले जोड दिने बताइएको छ ।
मन्त्री जिसीले विषयगत प्राथमिकता निर्धारण गर्न आवश्यक नीतिगत निर्णय लिन सहज हुने विश्वास सहित वहसको आयोजना गरिएको बताउनुभयो ।
कर्णाली प्रदेश सरकारको दोस्रो योजना र वार्षिक विकास कार्यक्रम मार्फत डिजिटल कर्णालीका प्राथमिकता निर्धारण गरि कार्य गर्न यो कन्क्लेभ महत्वपुर्ण सावित हुने विश्वास गरिएको छ । यस कन्क्लेभलाई सफल पार्न कर्णालीवासी सबै सरोकारवालालाई मन्त्रालयले हार्दिक अपिल गरेको छ ।
कन्क्लेभमा ४० जनाभन्दा धेरै विज्ञहरु वक्ताको रुपमा सहभागी हुने कार्यक्रमको सहयोगी संस्था आइसिटी फाउण्डेसन नेपालले बताएको छ ।
कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रीत रहने कार्यक्रममा अन्य प्रदेशहरुबाट सम्बन्धित मन्त्री र सचिवहरुको पनि सहभागी हुने आइसिटी फाउण्डेसनका अध्यक्ष राजन लम्सालले जानकारी दिनुभयो ।
उहाका अनुसार सघिय सरकार र सूचना तथा सञ्चार प्रविधि क्षेत्र सम्बन्धित सरोकारवालाहरुको कार्यक्रममा सहभागी हुने छन् ।
सुर्खेत, बिरेन्द्रनगरमा आयोजना हुने कार्यक्रममा प्रदेशका पूर्व मुख्यमन्त्रीहरुको पावर सेसन रहेको छ भने सम्पुर्ण स्थानीय पालिका र जिल्लाबाट सरकारी र अन्य सरोकारवालाहरुको कार्यक्रममा सहभागिता रहने छ ।
कन्क्लेभमा ४ वटा प्रस्तुती र ६ वटा प्यानल सेसनहरु रहेने जनाइएको छ ।
जसअन्तरगत पहिलो दिन उद्घाटन शत्रमा डिजिटल कर्णालीको सोच र नेतृत्व विषयमा पूर्व मुख्यमन्त्रीहरुको पावर सेसन मनोहर कुमार भट्टराइको कर्णालीको लागि डिजिटल रुपान्तरणका समाधान र इकोसिस्टम विषयमा किनोट प्रस्तुती रहनेछ ।
यसैगरी कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, विद्युत्तिय शुसासन आयोगका सिइयो दिपेश बिस्ट, न्यास आइटीका अध्यक्ष रिचन श्रेष्ठसँगै युएनडिपी, नेपाल दुरसञ्चार प्राधिकरण, पिएलजिएसपी र एसिया फाउण्डेसनको तर्फबाट कार्यपत्र प्रस्तुती रहने जनाइएको छ ।
पहिलो दिन दोश्रो सत्रमा डिजिटल पुर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट विषयमा प्यानल सेसनहरु सञ्चालन हुनेछन ।
दोश्रो दिनको पहिलो सत्रमा कर्णालीको लीग भइरहेका डिजिटल अभियान, आइडिया र प्रविधिको बारेमा केहि प्रस्तुती रहनेछ ।
कर्णाली प्रदेशको कृषी, पर्यटन, शिक्षा, स्वास्थ, डिजिटल पहुच लगायतका आइडियाहरु प्रस्तुत हुनेछन ।
यसैगरी डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्वन्धमा प्रस्तुती र प्यानल सेसन सञ्चालन हुनेछ ।
कार्यक्रमको पाचौ सेसन अन्तर्गत स्थानिय, प्रादेशिक र सघिय स्तरमा डिजिटल नेतृत्व र शुसासनको सुदृणिकरण विषयमा प्रस्तुती र प्यानल सेसन सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको समापन सेसनको रुपमा कर्णालीमा डिजिटल रुपान्तरणका मार्ग र गर्नुपर्ने कार्यहरुको बारेमा बहस हुनेछ ।
यसमार्फत प्रदेश सरकारले आगामी दिनमा गर्नुपर्ने कार्य र योजनाहरु बनाएर अगाडी बढ्न सहयोग पुग्ने दाबी गरिएको छ ।
डिजिटल प्रदेश बनाउन कर्णालीमा कनक्लेभ आयोजना हुँदै
डिजिटल प्रदेश बनाउन कर्णालीमा कनक्लेभ आयोजना हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
