सुर्खेत । राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशले बैङ्कहरूलाई अपाङ्गगा भएका व्यक्तिका समस्या बारे मौखिक ध्यानाकर्षण गराएको छ ।
प्रमुख जिल्ला अधिकारी सङ्करहरि आचार्य समेतको उपस्थितिमा अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशले बैङ्कहरूलाई मौखिक ध्यानाकर्षण गराएको हो ।
महासंघ कर्णाली प्रदेशका अध्यक्ष बिष्णु प्रसाद शर्माले अपाङ्गता भएका व्यक्तिहरूको हकमा बैङ्क तथा बित्तीय संस्थाहरूमा अझै पनि साँगुरो र परम्परागत बुझाइ रहेको भन्दै सुधार गर्न सकिने थुप्रै कुरा रहेको र त्यसको लागि बैङ्कहरूले तत्काल काम गर्नु पर्ने माग गर्नु भयो ।
उहाले ल्याप्चे ग्राहाकलाई मोबाइल ब्याङ्किङ सुविधा अरू सरह दिईनु पर्ने, नेपाल राष्ट्र बैङ्कको निर्देशनहरू अपाङ्गताको सवालमा समेत पूर्ण र प्रभावकारी कार्यान्वयन हुनु पर्ने बताउनुभयो ।
उहाले हालका भौतिक संरचना र व्यवहारमा सुधारका लागि बैङ्कले ध्यान दिनु पर्ने माग गर्नु भयो । कम्तिमा २० प्रतिशत बैङ्कहरूका शाखा सबैका लागि पहुँचयुक्त हुनु पर्नेमा खाता खोल्न र चेक साँट्न समेत सङ्घर्ष गर्नु परेको भन्दै शर्माले यसमा तत्काल सुधारको आवश्यकता रहेको औँल्याउनुभयो ।
नेपाल बैङ्कर सङ्घ कर्णाली प्रदेशका संयोजकले आफुहरूकोमा यस प्रकारको जानकारी पहिलो पटक आएकोले यसमा गम्भिर भएको भन्दै अपाङ्ग महासङ्घ सङ्गको छलफलमा उठाइएका विषयहरूलाई बैङ्करहरूको केन्द्रीय सङ्घ र आ–आफ्ना केन्द्रीय बैङ्क बिभागलाई जानकारी गराइने बताउनुभयो ।
साथै उहाले कतिपय विषयमा कानुनि अड्चन रहेको र त्यो कार्य दुरुस्त गर्न सामान्य अवस्थामा नसकिने भएकोले यस प्रकारको समस्या भोग्नु परेको उल्लेख गर्नुभयो ।
नेपाल राष्ट्र बैङ्कको नियमानुसार नै चल्ने र जनताहरूको सम्पतिको सुरक्षा चाहेको भन्दै सर्तको अधिनमा रहि नगद ऋण प्रवाह गर्ने काममा बैङ्कहरू प्रतिबद्ध रहेको बताउनुभयो ।
तर सेवामा खुकुलो पन हुँदा तेस्रो पक्षले फाइदा उठाने वा सेवाग्राहिको सम्पतिमा जोखिम बढ्ने भन्दै कतिपय सेवाहरूमा विशेष सर्तहरू तोकिएको उहाको भनाइ थियो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले आजको छलफल सुरुवात भएको र आगामि दिनमा संस्थागत सहकार्य र समन्वय बढाउने विश्वास व्यक्त गर्नु भयो ।
साथै उहाले अपाङ्गता भएका व्यक्तिहरूले उठाएका जायज मागहरूमा बैङ्कहरूले यथोचित सुधार गर्नुको विकल्प नरहेको धारणा राख्नु भयो ।
कृषि विकास बैङ्कको प्रदेश कार्यालयको हलमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष तथा कर्मचारिहरू, बीरेन्द्रनगरमा रहेका क वर्गका वाणिज्य बैङ्कहरूका प्रमुखहरू र प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमूख लगायतको सहभागिता रहेको थियो ।
वाणिज्य बैकहरूलाई राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले गरायो ध्यानाकर्षण
वाणिज्य बैकहरूलाई राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले गरायो ध्यानाकर्षण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
