सुर्खेत । सुर्खेतमा होटलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर ६ गोदामलाइनमा रहेको नौलो होटलको छतबाट खसेर दैलेख नौमुले गाउँपालिका ८ चौराठाका ५१ वर्षीय दीप चन्दको मृत्यु भएको हो ।
गएराति छतबाट खसेको र घटनाकोबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीले बताउनुभयो । उहा बिहान मृत अवस्थामा भेटिनुभएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता शाहीको भनाई छ । चन्दको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको छ । कान्तिपुरबाट……
होटलको छतबाट खसेर सुर्खेतमा एक जनाको मृत्यु
होटलको छतबाट खसेर सुर्खेतमा एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
