सुर्खेत । जलवायु परिवर्तनको असर न्युनिकरण सम्बन्धि कर्णालीमा वहसको थालनी भएको छ ।
जलवायु परिवर्तनका कारण कर्णालीमा विभिन्न क्षेत्रमा परेको प्रभावका विषयमा वहस शुरु भएको हो ।
जलवायु परिवर्तनको असर विश्वभर परिरहेको र त्यसले कर्णालीमा समेत असर पार्दै गएको देखिन्छ । यसको असर न्युनिकरणका लागि कर्णाली प्रदेश सरकार र विभिन्न गैर सरकारी संस्थाहरुले विभिन्न कार्यक्रम तथा वहस शुरु गर्न थालेका छन् ।
कर्णाली प्रदेश स्तरिय जलवायु परिवर्तन समन्वय समिति नै गठन गरिएको छ । जसले प्रदेशमा जलवायु परिवर्तनका असर न्युनिकरण सम्बन्धिका कार्यक्रमहरुलाई प्रभावकारी बनाउने गरेको छ ।
उसमन्वय समितिको आज वीरेन्द्रनगरमा पहिलो बैठक सम्पन्न भएको छ । बैठकले जलवायु परिवर्तनको असर न्युनिकरणमा भएका कामको समिक्षा र आगमी योजनाको विषयमा समिक्षा छलफल गरेको छ ।
छलफल कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, युएसएआइडी र जल जंगल परियोजनामार्फत कार्यपत्र समेत प्रस्तुत भएको थियो ।
छलफलमा सहभागी कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. विनोद प्रसाद देवकोटाले कर्णालीमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा असर पारिरहेको भन्दै असर न्युनिकरणको लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाले विभिन्न साझेदार संस्था स्थानीय र प्रदेश सरकारले साझा मुद्धा बनाएर जानुपर्ने बेला आएको बताउनुभयो ।
आफ्नो कार्यपत्र प्रस्तुत गर्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका वन अधिकृत रेणुका न्यौपानेले प्रदेश सरकारले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न विभिन्न कार्यक्रम गर्दै आएको भन्दै मन्त्रालय र अन्य साझेदार संस्थाहरुले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
जल, जंगल परियोजनाका भुपेन्द्र शाहीले पनि सन २०२७ सम्म जलवायु परिवर्तन न्युनिकरण गर्न विभिन्न कार्यक्रम संचालन गर्ने गरी परियोजनाले काम गरिरहेको जानकारी गराउनुभयो ।
उहाले जलवायु परिवर्तनले पारेको असर न्युनिकरणको लागि पहिले सचेतना आवश्यक रहेको भन्दै सबैले यो विषयलाई बुझ्नुपर्ने बताउनुभयो । परियोजना मार्फत विभिन्न सचेतनाका कार्यक्रमहरु संचालन गरिने जानकारी गराउनुभयो ।
जलवायु परिवर्तन न्युनिकरण सम्बन्धिका कार्यक्रम संचालनको लागि कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५० लाख रकम विनियोजन गरेको छ भने अन्य परियोजनाहरुबाट समेत बजेट कर्णालीमा आएको छ ।
जलवायु परिवर्तनको असर न्युनिकरण सम्बन्धि कर्णालीमा वहसको थालनी
जलवायु परिवर्तनको असर न्युनिकरण सम्बन्धि कर्णालीमा वहसको थालनी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
